• २०८१ बैशाख १२ बुधबार

आइपिएलको डेभ्यु सिजनमा आर्चरले बनाए ‘लाजमर्दो’ रेकर्ड 

kharibot

काठमाडौँ । आइपिएल अब अन्तिम चरणमा पुगेको छ । शनिबार भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध जित हासिल गरेर प्लेअफमा आफुलाई अझै जिवितै राखेको छ भने बैंगलोर आइपिएलबाट बाहिरिइसकेको छ । 

यस खेलमा राजस्थानबाट यसै सिजनमा आइपिएल डेभ्यु गरेका बर्बाडोसका क्रिकेटर जोफ्रा आर्चरले अचम्मको रेकर्ड बनाएका छन् । राजस्थानले बलर आर्चरलाई ओपनरको रुपमा पठाएर आश्चर्यमा पारे पनि आर्चरले केहि गर्न भने सकेनन् ।  बरु उल्टो शर्मनाक रेकर्ड बनाउदै आउट भए । आर्चर यस सिजनमा खेलेका ९ खेलमा ५ पटक ‘डक’ अर्थात शुन्य रनमा आउट भएका छन् । 

मुम्बईको विरुद्ध डेभ्यु गरेका आर्चरले पहिलो खेलमा ८ रन बनाएका थिए भने त्यसपछि हैदरावादविरुद्ध एक रन बनाए भने त्यसपछि दिल्लीविरुद्ध शुन्यमा आउट भए भने पन्जावविरुद्धका दुवै खेलमा आर्चर शुन्यमा आउट भए भने चेन्नईविरुद्धको एक खेलमा पनि उनी शुन्यमा आउट भएका थिए ।

डेभ्यु सिजन तीन पटक भन्दा बढी ‘डक’ मा आउट हुने आर्चर चौथो खेलाडी हुन् । आर्चर बाहेक कोच्चीका विसेन्ट गोम्ज तीन पटक शुन्यमा आउट भएका थिए त्यस्तै २०१३ मा बैंगलोरका आर रामपाल डेभ्यु सिजनमा तीन  पटक शुन्यमा आउट भएका थिए । तस्तै २०१७ मा कोलि ग्रयाण्डहोम पनि तीन पटक शुन्यमा आउट भएका थिए । 

आर्चरले बलिङतर्फ भने उत्कृष्ट प्रदर्शन गरेका छन् । आर्चरले ९ खेलमा १३ विकेट लिएका छन् ।  आर्चरको इकोनोमी रेट ८.३८ रहेको छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै