• २०८१ बैशाख ६ बिहीबार

भलिबल प्रशिक्षकको गुनासो – राष्ट्रिय खेल त भयो, पूर्वाधार नै भएन  

kharibot

काठमाडौं । वि.सं. २०७४ जेठ ८ गते नेपालको खेलकुदमा एक स्वर्णिम निर्णय भयो । जसले वर्षौँदेखि अस्तित्वमा रहेको भलिबलले सम्मानको उपाधि पायो । जुन उपाधि पाउन भलिबलले वर्षौँदेखि संघर्ष गरिह्यो । त्यो पहिलो निर्णय जसले भलिबललाई ‘नेपालको राष्ट्रिय खेल भलिबल’ बनायो । यही दिनको पर्खाइमा थिएँ हजारौँ भलिबल प्रेमी । नेपालको हिमाल, पहाड र तराई देशको हरेक क्षेत्रमा जीवन्त रहेको भलिबललाई सरकारले राष्ट्रिय खेल घोषणा गर्यो ।

भट्ट आफू खेलाडी हुँदा भलिबललाई निकै चुनौतीहरु थिए । वर्षदिनमा पनि अन्तर्राष्ट्रिय खेलहरु आयोजना हुँदैनथ्यो । ‘नेपालको भलिबलको विकास हुने कुरालाई यो घोषणाले निकै सघाउ पुर्याएको छ’, राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदीश भट्ट भन्छन्, ‘तर, अहिले हामीले गएको १५÷१६ महिनामा ११ वटा देशसँग अन्तर्राष्ट्रियस्तरका खेल खेलिसकेका छौं । यस्तै कुराको फरक परेको छ । र अहिले खेलस्तर पनि माथि उक्लिएको छ ।’

अहिले नेपाली टोली बंगलादेशमा हुने एभीसीसीजेड सिनियर टोलीको अभ्यास खेलमा व्यस्त छन् । यसअघिको प्रतियोगितामा नेपालले तेस्रो स्थान ओगट्न सफल भएको थियो भने एभीसीमा यो वर्ष नेपालले उपाधि उचाल्ने तयारीमा टोली छ । 

एभीसीमा जम्मा १४ वटा देशका टोलीहरु छन् भने अहिले हुने एभीसीसीजेड खेलमा नेपालसहित नौवटा टोली सहभागी हुनेछन् । एभीसीमा भएका १४ टिमलाई दुई क्याटागोरीमा विभाजित गरिएको छ भने पाँचवटा टीम ‘ए’ समूहमा पर्छन् भने अन्य नौवटा टोली ‘बी’ समूहमा छन् । 

सस्तो र सुुलभ खेल
भलिबल भौगोलिकका हिसाबमा पनि नेपालका लागि सुहाउँदो खेल हो । भट्टले भन्छन्, ‘यसका लागि न ठूलो ग्राउण्डको आवश्यकता पर्छ, न त यसका लागि आवश्यक पर्ने सामग्रीहरु नै महंगो छन् ।’ यो आर्थिक रुपमा पनि सहज खेल हो । तर, भलिबल इन—डोर खेल हो, हाम्रो यहाँ यसलाई आउट—डोरमा खेल्ने गरिन्छ । भलिबलमा भैतिक पूर्वाधारको विकास गर्न सकिए नेपालको टोली पनि विश्वका अन्य टोलीभन्दा कम नभएको उनको अनुभव छ । 

पाँच वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा नम्बर १ टोली
भलिबल अहिले नेपालका ७७ वटै जिल्लामा खेलिन्छ । यसको लोकप्रियता र खेलाडीको लगाव पनि उत्साहजनक छ । तर, त्यसलाई सांगठनिक गर्न नसक्दा यसको विकास हुन नसकेको भट्ट बताउँछन् । उनका अनुसार विगतभन्दा अहिले खेलमा धेरै कुराहरुमा सुधार आएको छ । भलिबल संघको सक्रियता पनि बढेको त छ नै, यसका प्रतियोगिता पनि उत्साहजनक रुपमा भइरहेको छ । 

अब नेपालको खेललाई विकास गर्न उमेर समूहका खेल, अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गराउनुपर्ने, खेलाडीको सुविधा बढाउने लगायतका कुराहरुमा ध्यान दिने हो भने नेपालको भलिबलको विकास हुनेछ ।

‘भैतिक पूर्वाधारहरुको अभाव देशका हरेक क्षेत्रमा देखिन्छ तर त्यसमा नयाँ संरचनाहरुभन्दा भएका पुराना संरचनाहरुलाई व्यवस्थित गरेर अगाडि बढ्नुपर्ने हुन्छ, जसको अभाव छ हामीकहाँ’, उनी भन्छन्, ‘पूर्वाधारहरुको व्यवस्थापन र खेलाडीको सुविधाको विकास गर्नसके विश्वका औंलामा गन्न सकिने टोलीको लिष्टमा नेपाल पनि पर्नेछ ।’

भलिबल विकासका लागि अहिलेसम्म २० प्रतिशत मात्र काम !
भलिबलमा निरन्तरको प्रयासले नेपाली भलिबल टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा आफूलाई बलियो बनाउँदै लिइरहेको छ । यसअघिको एभीसीमा नेपालले तेस्रो स्थान वा काँस्यपदक पाएको थियो भने यस वर्ष बंगलादेशमा हुने खेलमा नेपालले उपाधिका लागि खेल्नेछ । तर, भलिबलले जुन उचाइ हासिल गरेको छ, त्यसका लागि भने अहिलेसम्म २० पतिशत मात्र काम भएको प्रशिक्षक भट्टले बताए । इन—डोर खेल हो भलिबल तर, नेपालमा प्राप्त भैतिक संरचना नहुँदा आउट—डोर नै चित्त बुझाउनुपरेको उनको दुःखेसो छ । 

भलिबलप्रतिको खेलाडीको आकर्षण, मिहिनेत र राम्रो भ्युअर भएकाले पनि नेपालमा भलिबल विकास हुनेमा भट्ट विश्वस्त छन् । अब नेपालको खेललाई विकास गर्न उमेर समूहका खेल, अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गराउनुपर्ने, खेलाडीको सुविधा बढाउने लगायतका कुराहरुमा ध्यान दिने हो भने नेपालको भलिबलको विकास हुनेछ ।

भट्ट अगाडि थप्छन्, ‘अहिले अन्तर्राष्ट्रियस्तरको कभर्डहलको माग गरेका छौँ । अबको दुई/तीन वर्षमा देशका विभिन्न सहरमा ४\५ वटा सुविधासम्पन्न कभर्डहल निर्माण गरिनेछन् । जसमा म्याट, इन्डोर लाइट, एसीसहितको हल हुनुपर्ने हुन्छ । तर, नेपालमा अहिले एउटा पनि त्यस्तो सुविधायुक्त कभर्डहल छैन ।’

अब नेपालको खेललाई विकास गर्न उमेर समूहका खेल, अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गराउनुपर्ने, खेलाडीको सुविधा बढाउने लगायतका कुराहरुमा ध्यान दिने हो भने नेपालको भलिबलको विकास हुनेछ ।

हिले स्थायी सरकार बनेको र त्यसले चाहेको खण्डमा पाँच वर्षमा अहिलेको भलिबलको स्थितिमा निकै सुधार ल्याउन सकिने बताउँदै भट्ट भन्छन्, ‘१० वर्षमा समृद्ध नेपाल र समृद्ध भलिबल हुन्छ तर हरेक व्यक्तिले जिम्मेवार भएर लाग्नुपर्छ ।’

चार डी फर्मुला 
डिसिप्लिन, डेटरमिन, डिजर्भ, डिटरमिनेसन यी चार ‘डी’युक्त फर्मुलालाई ‘फ्लो’ गर्नसके मान्छेको व्यक्तिगत जीवनदेखि संस्थागत विकासमा पनि यसले साथ दिने भट्ट सुझाउँछन् ।

को हुन् प्रशिक्षक भट्ट ?
नेपाली राष्ट्रिय भलिबल टोलीका पूर्वखेलाडी तथा वर्तमान भलिबल संघका सचिव समेत हुन् राष्ट्रिय टोलीका प्रशिक्षक जगदीश भट्ट । बैतडीलाई आफ्नो ‘ओरिजिन’ मान्ने भट्ट डडेल्धुरामा जन्मिएका हुन् भने उनको लालनपालन कञ्चनपुरमा भएको हो । ‘बैतडीबाट बसाइसराइ भएर डडेल्धुरा आएका भट्ट पछि डडेलधुराबाट कञ्चनपुर सरे ।

उनी भन्छन्, ‘तर, मेरो पढाइदेखि शिक्षा दिने थलोचाहिँ महेन्द्रनगर बन्यो ।’ अहिले पनि भट्ट महेन्द्रनगरमै भलिबल एकेडेमी खोलेर बसेका छन् । भलिबलबाटै भट्ट समाजसेवामा पनि सक्रिय छन् । उनले देशका हरेक क्षेत्रका भलिबलमा रुचि राख्ने तर आर्थिक अभावले समस्यामा रहेका झण्डै आठ सय ५० जना विद्यार्थीलाई एकेडेमीमा भलिबल सिकाएका हुन् । साथसाथै उनले उनीहरुको शिक्षाको लागि क्याम्पसको व्यवस्थापन र होस्टेलमा बस्ने व्यवस्था गरे भने पछि रोजगारीका लागि पनि सक्ने सहयोग गरेको उनी बताउँछन् । 

केही दिनअगाडि मात्र नेपाली टोलीले बंगलादेशमा भएको एभीसीसीजेड खेलेर फर्किएको छ । जसमा नेपाल सेमिफाइनलमा समेटिन पुगेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै