बकिंघम दरबारमा भित्रिइन् मर्केल, यस्तो छ उनको रोचक विगत

खरीबोट
ad

काठमाडौँ । चर्चित अमेरिकी अभिनेत्री तथा मानवतावादी काममा सक्रिय मेघन मर्केल बेलायती राजदरबार बकिंघममा भित्रिएकी छिन् ।

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको हो । विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको गत शनिबार विवाह भएको हो ।

मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात र्डोयाएर भित्र लगेका थिए । ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए । वैवाहिक समारोहमा छ सय जना पाहुना उपस्थित थिए ।

कतिपयले राम्रो दृश्य देख्न सकियोस् भनेर केही दिनअगाडि देखि नै त्यस्ता सम्भावित स्थलमा पाल टाँगेर बसेका थिए । यसअघि विवाहपछि ह्यारी र मार्कलको जोडी ससेक्सका ‘ड्युक र डचेस’ का रुपमा चिनिने घोषणा गरिएको थियो ।

समारोहमा सहभागी हुन नेताहरू निमन्त्रणा दिइएको थिएन । प्रधानमन्त्री टरिजा मेले राजकुमार ह्यारी र मर्कललाई सामाजिक सञ्जाल ट्विटरमार्फत् शुभकामना दिएकी थिइन् ।

३६ वर्षकी अमेरिकी कलाकार मर्केल श्वेताश्वेत (मिश्रित) मूलकी हुन् । उनी राजकुमार ह्यारीसँग प्रेममा परेकी थिइन् । बेलायती राजप्रासादले भित्र्याएसँगै बेलायती राजपरम्पराकै लागि यो इतिहास बनेको छ । किनकि दरबारमा अश्वेत आमाबाट जन्मिएकी नारीले पहिलोपटक राजकुमारी बन्ने अवसर पाएकी हुन् ।

आफ्नो हलिउड-सेलिब्रेटी जीवन र सामान्य व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्न सफल यी कलाकार विश्वकै शक्तिशाली देशको राजकुमारले प्रेम प्रस्ताव राख्ने स्थितिसम्म आउनुलाई मानिसहरुले रोचक रुपमा लिएका छन् ।

को हुन् मर्केल ?

राजकुमार ह्यारीसँगको प्रेममा परेसँगै अंग्रेजी अनलाइन तथा पत्रपत्रिकामा आफ्ना तस्बिरहरु कैद गराउन सफल मर्केल एक अमेरिकी नागरिक हुन् । सन् १९८१ अगष्ट ४ मा अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जल्समा जन्मिएकी मर्केलको पूरा नाम रचेल मेघान मर्केल हो । एक्ट्रेस, मोडल र ह्युमेनिटेरियनको रुपमा संसारलाई चिनाएकी मर्केलले सन् २००२ देखि २०१७ सम्म आफ्नो सक्रिय जीवनलाई अगाडि बढाइरहेकी थिइन् । आफूलाई बहुप्रतिभाशाली बनाउने क्रममा उनले कलाकार, मोडल र मानवसेवालाई जोड दिँदै आएकी थिइन् । बेलायती राजकुमारसँगको प्रेममा परेपछि मिडियाले उनलाई खोज्न थालेको हो । दुवैको कर्मवाद मिल्दोजुल्दो भए पनि बेलायती दरबारमा उनको प्रवेश एउटा ऐतिहासिक रुपमा भएको छ ।

एउटा हलिउड सपनाबाज

अमेरिकाको लस एन्जल्सनिवासी यी कलाकार बाबु थोमस मर्केल र आमा डोरिया रगल्याण्डको कोखबाट जन्मिएकी हुन् । यद्यपि उनको बुबाआमाको वैवाहिक जीवन उनी सानै छँदैमा टुक्रिएको थियो । तर त्यसले मर्केललाई कलाकार बन्न असर गरेन । उनले परिवारबाट सहायोग र सद्भाव पाइरहिन् । उनले लेख्ने कला सिक्दै गइन् भने एउटा रेष्टुरेन्टमा अतिथिसेविका भएर पनि काम गरिरहेकी थिइन्, जुन कलाकार बन्नका लागि अत्यावश्यक थियो ।

त्यसबेलासम्म उनले ‘सीएसआई : मिआमी’, ‘९०२१०’ र ‘जनरल हस्पिटल’ जस्ता फिल्मले उनलाई अभिनय गर्ने आधार दिएको थियो । त्यसमा उनले थोरै भए पनि अभिनय गर्ने स्थान पाइन् । यसका अतिरिक्त ‘रिमेम्बर मि’ र ‘हरिबल बोसेस’ मा पनि उनले अभिनय जारी राखिन् । त्यसपछि ब्रेकथ्रु नै भयो उनको भूमिका सन् २०११ मा जब उनले ‘सुट्स’ नामको टिभी सिरिजमा काम पाइन् । अहिले यो शोको सातौँ सिजन चलिरहेको छ ।

‘बाइ-रेसियल’ मूल

सन् २०१५ मा फेसन, सुन्दरता, मनोरञ्जन र स्वास्थ्यसम्बन्धी म्यागजिन एल्ले युकेका लागि निबन्ध लेखेकी मर्केलले एउटा बाइ रेसियल (दुई छुट्टाछुट्टै जातिका बाबुआमाबाट जन्मिएको) कलाकारका रुपमा उसले जीवनमा भोग्नुपर्ने अप्ठ्याराहरु शब्दमा उतारेकी थिइन् । उनी अश्वेतमूलकी आमा र श्वेतमूलका बाबुबाट जन्मिएकी थिइन् । सोही कारण उनको परिवारले जीवनमा आउने कठिनाइहरुबारे सानैदेखि तम्तयार पार्ने कोसिस गरेको थियो ।

महिलावादी टिभी स्टारडम

संसारकै शक्तिशाली दरबारको एक सदस्य बनेकी मेघन एक महिलावादी नारीका रुपमा समेत चिनिन्छिन् । उनलाई उनके साइकोथेरापिष्ट र योग सिकाउने आमाले ‘कसरी ग्लोबल सिटिजन (विश्वकै नागरिक) बन्ने’ भनेर प्रशिक्षित गरेको उनले २०१६ मा एल्लेमा लेखेकी छिन् ।

मर्केलले लैंगिक समानताको लागि आफ्नो टिभी स्टारडमलाई नै आधार बनाएर क्लिन वाटर क्याम्पेन, दासमुक्त आधुनिक समाजजस्ता रचनात्मक आन्दोलनहरु चलाएकी थिइन् । उनी आफू नारी र नारीवादी भएको भन्दै मर्केलले संयुक्त राष्ट्रसंघको राजनीतिक सहभागिता र नेतृत्वका लागि महिला वकालत भन्ने विषयमा सन् २०१५ को अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रसंघीय सम्मेलनमा भाषण गरेकी थिइन् ।

उनी सानैदेखि जेन्डर इक्वेलिटी (लैंगिक समानता)को वकालत गर्थिन् ।  स्कुले जीवनमा उनले आफूलाई दुई जना केटा साथीले केटी (महिला)हरु खालि भान्सासँग मात्रै सम्बन्धित रहेको भन्दा उनी निकै रिसाएको बताउँछिन् मर्केल । त्यतिबेला उनी तत्कालै प्रतिवादमा उत्रिएकी थिइन् । यसले पनि उनी सानैदेखि कति ‘सिरियस’ थिइन् भन्ने देखाउँछ । बुबाकै सल्लाहमा उनले एक जना साबुन उत्पादक र गत वर्षको राष्ट्रपतीय चुनावी मैदानमा पराजित हिलारी क्लिन्टनलाई समेत चिठी पठाएकी थिइन् । एकपटक उनकै प्रयासमा ‘महिलाविरोधी विज्ञापन’मा प्रयोग भएको ‘वुमन’ शब्दको ठाउँमा ‘पिपल’ राखिएपछि यसले उनलाई थप हौसला दियो । त्यसो त मर्केलले लेडी गागासँग स्वरमा स्वर मिलाउँदै ‘शिक्षामा महिलाअधिकार’ व्यावहारिक रुपमै हुनुपर्ने माग गरेकी थिइन् ।

समाजसेवी मर्केललाई समाजसेवक नै जीवनसाथी

मानव सेवामा रम्न चाहने यी अमेरिकी अभिनेत्रीले भविष्यमा समेत आफ्नो कामलाई साथ दिने समाजसेवकलाई आफ्नो जीवन साथी बनाउन सफल भइन् । उनका श्रीमान् अर्थात् प्रिन्स ह्यारी पनि समाज सेवा गर्न रुचाउने राजकुमार हुन् । सन् २००६ मा ह्यारीले अफ्रिकाको लेसोथोमा टुहुरा र असहायको सहायोगका लागि च्यारिटी आयोजना गरेका थिए । त्यहाँ उनले महिला, रोगी र घाइतेहरुको लागि सहयोग अभियान चलाएका थिए । आफ्नो आमा डायनाले जस्तै एड्स र एचआईभीपीडितका लागि ह्यारीले सहयोग गर्दै आएका छन् ।

ह्यारीद्वारा प्रशंसित

ह्यारीले इन्गेजमेन्टपछि मिडियासँग कुरा गर्दै अघिल्लो वर्ष मर्केललाई कपेबल अफ एनिथिंग अर्थात् हरेक काम गर्नसक्ने क्षमतायुक्त भनी प्रशंसा गरेका थिए । ह्यारीले आफूहरु दुवै परिवर्तनका लागि आफूहरुको एउटै प्यासन (लगाव) भएको र त्यो परिवर्तन असल कामका लागि भएको समेत बताएका थिए । यो कुराले यो जोडीको पूर्णता पनि पुष्टि गर्छ ।

विवाहसँगै मर्केल शक्तिशाली दरबारको एक महत्वपूर्ण सदस्य बनेकी हुन् ।

दोस्रो विवाह

विवाह हुनुअघि मर्केलले आफूहरु दुवै एकअर्काप्रति प्रेममा रहेको र यसबाट निकै खुसी रहेको बताएकी थिइन् । यद्यपि मर्केलको भने यो दोस्रो विवाह हो । यसअघि एक फिल्म निर्माता ट्रेभर एन्जेल्सनसँग विवाह भएको मर्केलको वैवाहिक जीवन २ वर्षसम्म टिकेको थियो । उनीहरुबीच सन् २०१३ मा सम्बन्धविच्छेद भएको थियो ।

...र त्यो ‘ब्लाइन्ड डेट’

मर्केलले सन् २०१६ मा आफ्नो साथीमार्फत प्रिन्स ह्यारीलाई भेटेकी थिइन् । उनीहरुका लागि कुनै साथीले मध्यस्थकर्ता भएर ‘ब्लाइन्ड डेट’ आयोजना गरिएको थियो । गत नोभेम्बरको अन्तिमतिर सार्वजनिक रुपमा प्रिन्स ह्यारीले सम्बन्ध खोल्नुअघि नै उनीहरु गोप्य भेटमा थिए । सम्बन्ध गाँसिएको १ वर्षपछि मात्रै मर्केलले ह्यारीसँगको आफ्नो सम्बन्धबारे खुलाएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामी दुई एक अर्काप्रति प्रेममा र खुसी छौँ ।’

सीएनएन र बीबीसीको सहयोगमा ।

सम्बन्धित समाचार

रियल म्याड्रिडका फ्यानले भने रोनाल्डोको ठाउमा ह्यारी केनलाई ल्याउ !

काठमाडौँ  । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेपछि रियलका फ्यानले रोनाल्डोको ठाउमा विश्वकपमा गोल्डेन बुट विजेता ह्यारी केनलाई ल्याउनु पर्ने धारणा व्यक्त गरेका छन्।   स्पेनिस मिडिया मार्काले गरेको एक सर्वेक्षणमा रियलका

इङल्याण्डका ह्यारी केनले जित विश्वकपमा गोल्डेन बुट

काठमाडौँ । विश्वकप फुटबलमा इङल्याण्डका ह्यारी केनले  गोल्डेन बुट जितेका छन् । विश्वकपमा खेलेका ७ खेलमा ६ गोल गरेका केनले गोल्डेन बुट जितेका हुन् । केन विश्वकपमा गोल्डेन बुट जित्ने इङल्याण्डको

गोल्डेन बुटको दौडमा ह्यारी केनको अग्रता बढ्यो, अन्य को को छन् दौडमा ? 

काठमाडौँ । रसियामा जारी विश्वकप फुटबलमा गोल्डेन बुटको दौडमा इङल्याण्डका ह्यारी केनको अग्रता झन् बढेको छ । कोलोम्बियाविरुद्ध गोल गरेपछि केनले विश्वकपमा आफ्नो छैठौ गोल गरेका छन्  । केनले ४ खेलमा

गोल्डेन बुटको दौडमा ह्यारी केन अगाडी, रोनाल्डो र लुकाकुलाई उछिने 

काठमाडौँ । रसियामा जारी विश्वकप फुटबलमा गोल्डेन बुटको दाबेदारीमा रहेका बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई इङल्याण्डका ह्यारी केनले चुनौती दिएका छन् । केनले आइतबार पानामाविरुद्धको खेलमा ह्याट्रिक गर्दै गर्दै