• २०८१ बैशाख ४ मंगलबार

अष्ट्रेलियाको ला ट्रोब बिजनेस स्कुलले नेपाली विद्यार्थीहरूलाई भर्ना खोल्यो, नयाँ छात्रवृत्तिहरूको घोषणा

kharibot

काठमाण्डौ । नेपाली विद्यार्थीहरूका लागि नयाँ अवसरहरूको ढोका खोल्दै ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलियाअन्तर्गतको ला ट्रोब बिजनेस स्कुलका डिन तथा प्रमुख प्रोफेसर जेन ह्यामिल्टनले नेतृत्व गरेको एक उच्चस्तरीय टोलीले काठमाडौंको भ्रमण गरेको छ ।

नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखी यस बिजनेस स्कुलले जनवरीदेखि सीमित स्नातकोत्तर कार्यक्रमहरूका लागि नयाँ भर्ना शुरू गरेको छ । नयाँ भर्नासँगै पठनपाठन छिटो सम्पन्न गर्नका लागि यस संस्थाले द्रुत अध्ययन कार्यक्रमहरू शुरू गरेको जानकारी दिएको छ । 

यी शैक्षिक कार्यक्रमहरू गतवर्षको नोभेम्बरमा शुरू गरिएका ज्यादै सफलपूर्व स्नातक र स्नातकोत्तर कार्यक्रमहरूमा थप गरिएको जनाइएको छ । नोभेम्बर भर्ना चाहिँ फेब्रुअरी र जुलाइमा शुरू गरिएका दुइ अर्धवार्षिक शैक्षिक सत्रहरूमा थप गरिएको पनि जानकारी गराइएको छ ।

केहीवर्ष अघि ला ट्रोबले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूको लागि तेस्रो सेमेष्टरको शुरूवात् गरेको थियो । अहिले यो शैक्षिक कार्यक्रम नेपाली विद्यार्थीहरू माझ ज्यादै लोकप्रिय छ । यसका साथै सम्बन्धित उद्योगका आवश्यकताहरू र रोजगार बजारका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राख्दै नयाँ विषयहरू पनि थपिएको ला ट्रोब बिजनेस स्कुलले जनाएको छ । 

प्राध्यापक जेन ह्यामिल्टन भन्छन्, “यस क्षेत्रका महत्वपूर्ण देशहरूसँग सम्पर्क स्थापितगर्ने र विद्यार्थीहरूका लागि उत्कृष्ट अवसरहरू सिर्जना गर्ने ला ट्रोब विश्वविद्यालयको निरन्तरको प्रयासले ला ट्रोब बिजनेस स्कुललाई फेरि नेपालमा ल्याएको छ । जनवरीमा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा नयाँ भर्ना, पूर्वस्नातक र स्नातकोत्तर तहहरूमा एक वर्षमा तीन पटक नयाँ भर्ना र उत्कृष्टताको लागि छात्रवृत्तिको निरन्तरताले नेपालबाट आउने विद्यार्थीहरूलाई ला ट्रोब विश्वविद्यालयमा उपलब्ध अत्याधुनिक सुविधाहरू र विशेषज्ञताबाट अत्यधिक फाइदा लिन सहयोग पुग्नेछ ।” 

उनले अगाडी भने,’ला ट्रोब विश्वविद्यालयको व्यावहारिक, उद्योग-केन्द्रित एमबीएले विद्यार्थीहरूलाई छिटोछिटो परिवर्तन भैरहेको २१ औँ शताब्दीको व्यावसायिक वातावरणको लागि तयार पार्छ । हाम्रो एमबीएले  इपीएएसको सम्बन्धनप्राप्त गरेको छ र  सीइओ म्यागजिनले यसलाई एक उत्कृष्ट तहको विश्वव्यापी शैक्षिक कार्यक्रम अर्थात् अ टियर वन ग्लोबल प्रोग्रामको मान्यता दिएको छ । यो शैक्षिक कार्यक्रमको मुख्य विशेषताहो — विद्यार्थीहरूलाई कुनै संस्थाभित्र रहेर उद्यमशिलता सिकाई योजनामा सहभागी हुने अवसर प्रदानगर्नु ।”

“विश्वभरका विश्वविद्यालयहरूको पछिल्लो शैक्षिक उपलब्धिको सूचीमा ला ट्रोब विश्वविद्यालय करिब २०० स्थान माथि उक्लेको छ । यस विश्वव्यापी सूचीमा यो विश्वविद्यालय ३०१औँ स्थानमा रहेको छ । यसको अर्थ हो विश्वविद्यालयको मूल्यांकन गर्ने तीनै आधिकारिक अन्तर्राष्ट्रिय र्यांकिङहरूमा यो विश्वविद्यालय उत्कृष्ट ४०० स्थानभित्र पर्छ ।” प्राध्यापक जेन ह्यामिल्टनले भने ।

नयाँ छात्रवृत्तिहरूको घोषणा

एकपटक फेरि ला ट्रोब बिजनेस स्कुल, अष्ट्रेलियाले छात्रवृत्तिहरू प्रदान गर्ने बह्येको छ । छात्रवृत्ति रकम कूल शैक्षिक शुल्कको १५, २० र २५ प्रतिशतसम्म हुनेछ । सन् २०१८ देखि विद्यार्थीहरूमाझ लोकप्रिय शैक्षिक कार्यक्रमहरूका लागि प्रदान गरिने यी छात्रवृत्तिहरू पूर्वस्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विदेशी विद्यार्थीहरूका लागि हुन् । यी छात्रवृत्तिहरू प्राप्तांक र विद्यार्थीहरूको विगतका शैक्षिक उपलब्धिको आधारमा प्रदान गरिने छन् । छात्रवृत्तिहरू प्रदानगर्दा पहिला भर्ना हुने विद्यार्थीहरूलाई ग्राह्यता दिइने छ ।

नयाँ विषयहरू:

ला ट्रोब बिजनेस स्कुलले नयाँ विषयहरूको पठनपाठन शुरू गरेको छ । ती विषयहरूले रोजगार बजारमा आएका परिवर्तनहरूलार्ई समेट्छन् र स्नातकहरूलाई व्यवसायमा देखिएका प्रवृत्तिहरूप्रति सचेत गराउँछन् । बिग आइडियाज इनबिजनेस एण्ड डिजिटल बिजनेस ती नयाँ विषयहरूमा पर्छन् । दुवै विषयहरू ब्याचलर अफ बिजनेस कार्यक्रम अन्तर्गत पढाइन्छ । 

ला ट्रोब विश्वविद्यालयबारे :

ला ट्रोब विश्वविद्यालय अष्ट्रेलियाको भिक्टोरियामा रहेको धेरै क्याम्पसहरूसहितको विश्वविद्यालय हो । भिक्टोरियाको प्रथम लेफ्टिनेन्ट गभर्नरको नामबाट यस विश्वविद्यालयको नाम राखिएको हो । ५० वर्षदेखि ला ट्रोब विश्वविद्यालय अष्ट्रेलियाको उच्चशिक्षाको क्षेत्रमा एउटा अग्रणी संस्थाको रूपमा संचालित छ । शैक्षिक उत्कृष्टता र अनुसन्धान सम्बन्धी उपलब्धिहरूको क्षेत्रमा ला ट्रोब सुप्रसिद्ध छ । 

भिक्टोरियामा यसका ७ क्याम्पसहरू छन् भने न्यू साउथ वेल्स, अष्ट्रेलियामा १ क्याम्पस संचालनमा छ । ला ट्रोब विश्वविद्यालयबाट एक लाख ८१ हजारभन्दा बढी विद्यार्थीहरूले आफ्नो अध्ययन पुरा गरिसकेका छन् र जीवनका विभिन्न क्षेत्रहरूमा ठूला उपलब्धिहरू हासिल गरेका छन् जसले यस संस्थालाई प्रतिष्ठित बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै