• २०८१ बैशाख १३ बिहीबार

सबै प्रकारको आमसञ्चारमा नेपालीको पहुँच पुर्याउने

kharibot

काठमाडौँ । सरकारले सबै प्रकारका आमसञ्चारका माध्यममा नेपालीको पहुँच पुर्याउने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आमसञ्चार माध्यमलाई निष्पक्ष, मर्यादित, जिम्मेवार, व्यावसायिक र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रस्तुत नीति तथा कार्यक्रममा नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थाको रुपमा एकै व्यवस्थापनमा सञ्चालन गरिने उल्लेख छ । साथै, पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्ति कोषलाई दिगो हितमा परिचालन गरिने छ । 

हुलाक सेवाबाट प्रदान गरिने सेवाहरुलाई प्रतिस्पर्धी, व्यावसायिक र विश्वसनीय बनाइने तथा देशभित्र सुरक्षित छापाखाना स्थापना गरी राहदानी, अन्तशुल्क स्टिकर, हुलाक टिकट, जग्गाधनी प्रमाणपूर्जा र सार्वजनिक महत्वका कागजातको सुरक्षित मुद्रण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै