• २०८१ बैशाख ७ शुक्रबार

महालक्ष्मी विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

kharibot

काठमाडौं । महालक्ष्मी विकास बैंक लि.को बाँसगढी शाखाले, बाँसगढी नगरपालिका वडा नं ०२ राझाँ, बर्दियास्थित श्री नव दुर्गा तरकारी तथा बिउ उत्पादन बहुउद्देश्यीय सहकारी संस्थाको भवनमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिवार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा ८० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरतासम्बन्धी जानकारी बाँसगढी शाखाका प्रबन्धक दिपेन्द्र बोहराले गराएका थिए ।

यसैगरी गत ४ गते बैंकको मंगलसेन शाखाले श्री मंगला नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालयका आर्थिक स्थिति कमजोर भएका र अध्ययनशील पाँच विद्यार्थीहरुलाई कुल रकम रु. २५ हजार, बेलौरी शाखाले कल्याण माध्यमिक विद्यालय बेलौरी न.पा. ७ पौलाहा कञ्चनपुरका कक्षा ५, ६, ७, ८ र ९ का विद्यार्थीहरु १० जनालाई कुल रकम  २५ हजार र बसुन्धारा शाखाले तिलिङ्गाटार उच्च माध्यमिक विद्यालय, धापासीका दुई विद्यार्थीहरुलाई कुल रकम २५ हजार छात्रवृत्तिस्वरुप वितरण गरेको छ । 

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै