• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि भारत लगियो

kharibot

फाइल तस्विर।

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आज थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ । 

उनको सानो आन्द्राबाट आन्तरिक रक्तस्राव नरोकिएपछि चिकित्सकको सल्लाहमा नै थप उपचारका लागि नयाँ दिल्लीस्थित मेहान्त अस्पतालमा लगिएको उनकि छोरी उषा अधिकारीले जानकारी दिए । 

वैशाख २८ गते धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गराइरहनु भएका राष्ट्रकवि घिमिरेको रक्तस्राव नरोकिएपछि अपराह्न ५ बजे जेट एयरको विमानमार्फत भारत लगिएको उनले बताए । 

राष्ट्रकविको घिमिरेको सानो आन्द्राबाट भइरहेको रक्तस्रावको ठाउँ पत्ता लगाउन नसक्दा थप उपचारका लागि भारत लैजानु परेको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले बताए । घिमिरेका साथमा उहाँका छोरा इन्दीवर र ग्राण्डी अस्प्तालका चिकित्सक डा रोहित चौधरी भारत गएका छन् । 

करिब चार महिनादेखि अस्वस्थ हुँदै आउनुभएका घिमिरेलाई मेडिसिटी अस्पताल र ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै