मोदी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न सिफारिश

खरीबोट
ad

पोखरा । प्रदेश नं ४ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतको मोदी गाउँपालिकाको केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउँदै प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले मोदी गाउँपालिका वडा नं २ स्थित साविक देउपुर गाविसको कार्यालयमा रहेको केन्द्रलाई देउपुरकै पातीचौरमा सार्ने गरी दुईतिहाई गाउँपालिका सदस्यबाट प्रमाणित भएर आएकोमा त्यसलाई केन्द्रमा सिफारिश गरी पठाउने निर्णय गरेको बताए ।

त्यस्तै, बैठकले प्रादेशिक दुग्ध विकास बोर्ड गठन विधेयक प्रदेशसभामा पठाउने निर्णय गरेको बताउँदै उनले यसले दुग्ध क्षेत्रको विकास गर्ने विश्वास व्यक्त गरे ।  मन्त्री बस्नेतका अनुसार बैठकले आर्थिक कार्यविधि ऐन, २०७४ का विभिन्न चारवटा बुँदामा संशोधन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा सरकारले ल्याउने आगामी बजेट, आसन्न गणतन्त्र दिवसलगायत विषयमा छलफल भएको उनले बताए ।

सम्बन्धित समाचार

कोरला–पोखरा–त्रिवेणी सडक प्रदेश समृद्धिको कोशेढुङ्गा

पोखरा।  गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ ।  चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको छ । गण्डकी प्रदेशका

प्रदेश ४ का सांसदहरुलाई यातायात सुबिधा उपलब्ध गराउने निर्णय

पोखरा । प्रदेश ४ को मन्त्रिपरिषद्ले सांसदहरुलाई यातायात सुबिधा उपलब्ध गराउने निर्णय गरेको छ ।  पोखरामा आज बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश ४ का सांसदलाई प्रदेशसभा बैठक बस्ने दिन साढे ७ सय

मतदानबाट टुंगाइयो प्रदेश ४ को राजधानी, पोखराको पक्षमा ५२ मत

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश नं ४ को राजधानी पोखरा राख्ने निर्णय गरेको छ ।  प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भौगोलिक अवस्थिति, जनचाहना, पहुँच, सुलभताका साथै प्रदेश

केन्द्र सरकारबाट प्रदेश सरकार अपमानित भयो : मुख्यमन्त्री गुरुङ

बेंसीशहर, लमजुङ । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय सरकारले प्रदेशलाई दिनुपर्ने बजेट नदिएर अपमान गरेको गुनासो गरेका छन् ।  गृह जिल्ला लमजुङको बेंसीशहर नगरपालिकाको तेस्रो नगरसभाको उद्घाटन गर्दैै मुख्यमन्त्री


z