कालो हिरासहित आठ जना पक्राउ

खरीबोट
ad

काठमाडौँ ।  प्रहरीले काठमाडौँको लैनचौरबाट कालो हिरासहित आठ जनालाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले हिराको कारोबार हुँदै गर्दा रमेश रजकसहित आठ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लको नेतृत्वमा गएको टोलीले गोप्य सूचनाका आधारमा दुईवटा कालो हिरा रु तीन करोडमा बिक्री गर्न बार्गेनिङ गर्दै गर्दा पक्राउ गरेको हो । 

पक्राउ परेका अन्य व्यक्तिको नाम भने खुलाइएको छैन । उनीहरुलाई आवश्यक कारबाहीका लागि हिरासहित राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको वृत्तले जनाएको छ । 

सम्बन्धित समाचार

दशैं मनाउन घर आएका फरार अभियुक्त २९ वर्षपछि पक्राउ

खोटाङ। जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ ।  पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ । जग्गा बिवादका

जुम्लामा १४ जुवाडे पक्राउ, साढे दुई लाख बरामद

जुम्ला । बसपार्क नजीकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सीताराम

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक पक्राउ

सुर्खेत। सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले आइतबार सालकोट प्रहरी चौकीबाट रु १५ हजार

बालिकाको बलात्कारपछि हत्या, दुई आरोपी पक्राउ

धनुषा। धनुषाको औरही नगरपालिका–२ परवाहाकी १० वर्षीया मनिका यादवको बलात्कारपश्चात हत्या भएको छ । हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् ।  हत्यामा संलग्न रहेको आरोपमा ३२ वर्षीय विनोद मुखिया विन


z