• २०८१ बैशाख ६ बिहीबार

सेट म्याक्समा अमिताभको फिल्म सुर्यबंशम किन प्रशारण भईरहन्छ ? यस्तो छ करण 

kharibot

मुम्बई । भारतीय च्यानल सेट म्याक्समा हरेक दिन जसो प्रसारण गरिने अमिताभ बच्चनको फिल्म सुर्यबंशम निर्माणको १९ बर्ष पुगेको छ ।

सन् १९९९ मे २१ मा रिलिज भएको यस फिल्मले हलमा भन्दा टिभीमा प्रसारण बढी भएकोमा चर्चा बटुलेको छ । कैयौ कलाकारहरुले यस फिल्मको जोक बनाएर आफ्नो रोजी रोटि चलाएका छन् । हालै फिल्मको १९ बर्ष पुगेको अवसरमा अमिताभले आफ्ना एक फ्यानक ट्वीटलाई री-ट्वीट गर्ना साथ 'ट्रोल`   हुन पुगे ।

फ्यानले अमिताभको सुर्यबंशम टिभीमा यति धेरै पटक आउछ की मानिसले आफ्नो बाबुको नाम भुल्छ तर हिरा ठाकुरको नाम कहिल्लै भुल्दैन ।

हरेक एक दुई दिनमा सेटम्याक्स च्यानलमा सुर्यबंशम आउनुको कारण के होला भन्ने धेरैलाई कौतुहलता अवश्य छ होला नै । यसका दुई कारण बाहिर आएका छन् ।

पहिलो कारण फिल्म रिलिज भएको बर्ष नै सेट म्याक्स च्यानल लन्च भएको थियो जसको कारण च्यानलका अधिकारीहरुसँग यसको भावनात्मक सम्बन्ध रहेको छ । दोस्रो कारण सट म्याक्स च्यानलले सुर्यबंशम फिल्म सय बर्षका लागि किनेको छ । यस अवधिमा फिल्मलाई जति पटक प्रसारण गर्न कुनै रोक तोक छैन । त्यसकारण पनि च्यानलले यहि फिल्मलाई हरेक दिन जसो प्रसारण गर्ने गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै