• २०८१ बैशाख १५ शनिबार

राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित

kharibot

काठमाडौं। राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति भएको छ । देशमा एउटा बलियो राष्ट्रवादी प्रजातन्त्रिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ आनन्द शर्मा नेतृत्वको राष्ट्रिय जनता दल नेपाल बुधबारबाट राप्रपा नेपालमा समाहित हुने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

५ बुँदे सहमति पत्रमा राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय जनता दल नेपालका अध्यक्ष आनन्द शर्माले हस्ताक्षर गरेका छन् ।

राप्रपा नेपालमा राष्ट्रिय जनता दल नेपाल समाहित हुने सहमति पत्र सहमति पत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, संबैधानिक राजसंस्था सहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पुर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्रको स्थापनाको निम्ति आगामि दिनमा सशक्तरुपमा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरिएको छ ।

सम्बर्द्धनवादको बैचारिक धरातलमा सुशासनको माध्यमबाट मुलुकको सर्वाङ्गिण आर्थिक बिकास र समृद्धि हाम्रो साझा लक्ष्य हुने  तथा सामाजिक न्याय, समानता, समावेशिता एवं मधेस, पहाड र हिमालको समानुपातिक बिकास प्राथमिकता रहने जनाईएको छ ।

भ्रष्टाचारको अन्त्य तथा कृषी, पर्यटन एवं उद्योग व्यवसायको प्रवर्द्धनद्वारा देशभित्र रोजगारीको अवसर सिर्जना गर्न  प्रयत्नशील रहने  र राप्रपा नेपालमा समाहित भएको राष्ट्रिय जनता दल नेपालका नेता र कार्यकर्ताहरुलाई ससम्मान विभिन्न पदहरुमा समायोजन गरिने सहमति भएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै