भीडन्तमा ११ जना तालिबान मारिए

खरीबोट

फाइल तस्बिर ।

ad

गजनी, अफगानिस्तान (रासस/सिन्ह्वा) / अफगानिस्तानको पूर्वी प्रान्त गजनीको मुकार जिल्लामा तालिबान आतङ्ककारीका विरुद्धमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ११ जना तालिबानको ज्यान गएको समाचार छ । 

यस झडपमा परी बुधबार बिहानै कम्तीमा पनि ११ जना तालिबान आतङ्ककारी मारिएका छन् भने अरु करिब १२ जना घाइते भएका गजनी प्रान्तका प्रान्तीय प्रमुख मोहमद जमान खोस्तीले जानकारी दिनुभएको छ । 

मुकार जिल्लाको अलि खिल क्षेत्रमा गस्तीमा रहेका सुरक्षा अधिकारीहरुलाई एक बसमा आएका तालिबान लडाकू समूहले गरेको आक्रमणपछि दुई समूहबीच झडप भएको बताइएको छ । 

झडपको क्रममा ११ जना आतङ्ककारी मारिएका र अरु घाइते भएका अफगान गृह प्रशासनले पनि एक विज्ञिप्तमार्फत जानकारी दिएको छ । 

अफगानिस्तानमा सन् २०१४ को डिसेम्बरबाट नेटो सेनाले अफगानिस्तान छोडेका छन् । तर यहाँ शान्तिको स्थापना हुन भने सकेको छैन । 

उता अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान सेनाले गत शुक्रबार पनि हवाई आक्रमणमा परी २२ जना तालिवान लडाकूको मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुखले बताएका थिए । 

केही दिनयता अफगानिस्तानमा हिंसा बढेको छ । तालिबानहरुले आत्मघाती हमला गरी हिंसाका घटनामा वृद्धि गराएका छन् भने सेनाले पनि कारबाही जारी नै राखेको छ । 

तालिबान लडाकूले मङ्गलबार साँझपख अफगान सुरक्षा जाँच केन्द्रलाई लक्षितगरी आक्रमण सुरु गरेपछि अफगान राष्ट्रिय सेनाको हवाई फोर्सले विद्रोहीविरुद्ध कारबाही शुरु गरेको थियो । 

गत महिनामात्र काबुलमा भएको आक्रमणमा परी नौ जना पत्रकार मारिएका थिए । उक्त घटनाको विश्वव्यपी रुपमा निन्दा गरिएको थियो । 

सम्बन्धित समाचार

तालिबानहरुले अमेरिकी दूत भेटेको पुष्टि

काबुल। तालिबानहरुले अफगानिस्तानमा जारी हिंसाको अन्त्यका लागि आवश्यक शान्ति वार्ता गर्न अमेरिकी दूतलाई भेटेको खुलेको छ ।  उनीहरुका प्रतिनिधिले शुक्रबार औपचारिक रुपमा कतारमा अमेरिकी दूतसँग भेटवार्ता गरेको सो सङ्गठनले एक विज्ञप्तिमार्फत

अफगानिस्तानको एक प्रहरी चौकीमा आक्रमण, तेह्र प्रहरी र दश तालिबानको मृत्यु

अफगानिस्तान । अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरी चौकीमा यहाँका सशस्त्र तालिबानहरुले आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ । अधिकारीहरुले

इद अल अधाको अवसरमा तालिबानद्वारा २९ कामदार मुक्त

कान्दाहार (अफगानिस्तान) । अफगानिस्तानको एक निजी कम्पनीमा कार्यरत विभिन्न २९ जना कामदारलाई त्यहाँको सशस्त्र लडाकू समूह तालिबानले मुक्त गरेको छ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक निजी कम्पनीमा कार्यरत ती कामदारलाई

१९ जना तालिबान तथा आइएसका लडाकू मारिए

काबुल (रासस/सिन्ह्वा) / अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन् ।  मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस) का लडाकू कमाण्डर समेत रहेको


z