शिक्षा मन्त्रालयद्वारा विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

खरीबोट
ad

काठमाडौँ  ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बााहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ । 

संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उनका निजी सचिव पुष्प ढकालले जानकारी दिए ।  काठमाडौँ बाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयका पदाधिकारीले सम्पर्क कार्यालयबाट पनि काम गर्दै आएकामा अब त्यो क्रम रोकिएको छ । 

ती विश्वविद्यालयको ऐनमा व्यवस्था नभएको तथा आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनको सहजताका लागि यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ ।

विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको वर्गीकरण गरी संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको मापदण्ड तयार गर्दैछ । 

सम्बन्धित समाचार

साढे एघार हजार शिक्षकले अझै बुझाएनन् सम्पत्ति विवरण 

काठमाडौँ। विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४÷०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् ।  करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको

काठमाडौँ विश्वविद्यालयमा रजिष्टारपछि विभागीय प्रमुखहरुको धमाधम राजीनामा   

काठमाडौँ।  देशको राम्रो भनिएको काठमाडौँ विश्वविद्यालय अहिले भद्रगोल हुन पुगेको छ। उपकुलपति डा.रामकान्थ माकाजु र रजिष्टार डा. भोला थापाबीचको विवादका बीच डा.थापाले आफ्नो पदबाट राजीनामा दिएपछि विश्वविद्यालयको अवस्था भद्रगोल हुन

शिक्षा मन्त्रालयद्वारा शिक्षक दरबन्दी पुनर्वितरणको तयारी

काठमाडौँ।  मुलुकभर कूल ५७ हजार शिक्षक दरबन्दी अपुग रहेको निष्कर्षसहित शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल २०७५ ले दिएको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्ययोजना बनाउन थालेको छ

शिक्षा सुधारका लागि कक्षा शिक्षण विस्तार हुँदै

काठमाडौँ। विद्यार्थीलाई बहुआयामिकरूपले सिकाउन सरकारले कक्षा १ देखि ३ सम्म कक्षा शिक्षण (ग्रेड टिचिङ) र बहुकक्षा शिक्षणको विस्तारमा प्राथमिकता दिइने भएको छ ।  शिक्षक र विद्यार्थीको सिकाइ सम्बन्धलाई सहज तुल्याउन र


z