• २०८१ बैशाख ७ शुक्रबार

साढे ३३ किलो सुन प्रकरण : गोरेको बयानका आधारमा तत्कालीन एमालेका स्थानीय नेता पक्राउ 

kharibot

फाइल तस्बीर

काठमाडौँ । साढे ३३ किलो सुन प्रकरणमा प्रहरीले तत्कालीन एमालेका मोरङका एक स्थानीय नेतालाई पक्राउ गरेको छ । 

प्रहरीले गएराती मोरङ उर्लावारीका रेवत आचार्यलाई पक्राउ गरेको हो ।

सुन प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेतीले अदालतमा दिएको बयानका आधारमा प्रहरीले आचार्यलाई पक्राउ गरेको हो । 

मंगलबार काठमाडौँको गौरीघाटबाट पक्राउ परेका गोरेको अहिले मोरङस्थित जिल्ला अदालतमा बयान जारी रहेको छ । 
पक्राउ परेका आचार्य सुन व्यवसायी रहेको र उनको मोरङ, उर्लावारी ६ मा सुन पसल रहेको बताइएको छ ।

सुन प्रकरण अदालतले एसएसपीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दुई जनालाई छोडेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै