• २०८१ बैशाख १३ बिहीबार

हार्वे वेइनस्टेनद्वारा न्यूयोर्क प्रहरी समक्ष आत्मसमर्पण

kharibot

तस्बीर : रोयटर्स

काठमाडौँ । हलिवुड़का चर्चित निर्माता हार्वे वेइनस्टेनले न्युयोर्क प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

हार्वेविरुद्ध न्युयोर्क प्रहरीले बलात्कार र यौन शोषण गरेको आरोपमा कारवाही गाडी बढाए पछि शुक्रबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । 

हार्वेले गरेको यौन शोषण प्रकरणमा लास एन्जेल्स र लन्डनमा छानबिन भैरहेको भएपनि न्युयोर्कको फेडेरल प्रोसिक्यूटरले पनि उनीविरुद्धको यौन अपराधको विषयमा छानबिन थालेको हो । 

वाल स्ट्रिट जनरलका अनुसार हार्वेमाथि एक युवतीलाई बलात्कार गरेको र अर्कोलाई ओरल सेक्सको लागि जवर्जस्ती गरेको आरोपमा हार्वेलाई गिरफ्तार गर्ने तयारीमा रहेको प्रहरीसँग हार्वेले आत्मसमर्पण गरेको बताइएको छ ।

यसअघि गत असोज देखि हलिवुड़का चर्चित निर्माता रहेका हार्वे वेइनस्टेनको यौन शोषणको एक पछि अर्को खुलासा हुदै गएपछि हलिवुड यतिबेला हल्लिएको थियो ।

अमेरिकी अभिनेत्री रोज म्यक्गोवानले हार्वेमाथि बलात्कारको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल ट्वीटरमा एक पछि अर्को खुलासा गर्दै रोजले हार्वेमाथि बलात्कारको आरोप लगाए पछि संसार भरका अभिनेत्रीले हार्वेलीआफु माथि पनि यौन शोषण गरेको वा गर्न खोजेको खुलासा गरेका थिए ।

हलिवुडका चर्चित अभिनेत्रीहरुले उनीमाथि यौन शोषणको आरोप लगाएका थिए । उनीहरुले हलिवुडमा सुरुका दिनहरुमा आफुहरुको यौन शोषण भएको बताएका थिए । ति आरोप लगाउने अभिनेत्रीमा एन्जेलिना जोली, ग्यनेथ पल्थ्रो जस्ता वरिष्ठ अभिनेत्रीहरु रहेका छन् । 

यसैबीच हार्वे वेइनस्टेनले बलिवुडकी अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पनि एकान्तमा भेट्ने कोसिस गरेको पनि खुलासा भएको थियो । तर उनको सो प्रयासलाई ऐश्वर्याका म्यानेजरले असफल बनाइदिएका थिए ।

त्यस्तै अर्की अभिनेत्री एशिया अर्जेटोले उनि २१ बर्षकी हुदा हार्वेले होटलमा बोलाएको बताएकी थिइन् । उनले आफलाई पार्टीमा बोलाएको लागेकोले आफु होटलमा गएको तर त्यँहा जाँदा हार्वे मात्र थिए भन्दै हार्वेले आफूसँग जबर्जस्ती ओरल सेक्स गरेको र पछि सहमतिले उनीसँग सेक्स पनि गरेको खुलासा गरेकी थिइन् । सो घटना बारे उनले यो सब अचानक भएको थियो र बलात्कार पछि उनले जितेको बताएकी थिइन् ।

चर्चित अभिनेत्री एन्जेलिना जोलीले सन् १९९० को दशकमा एक पटक हार्वेसँग होटलको कोठामा हुदा आफुले नराम्रो अनुभव गरेको उल्लेख गर्दै आफुले त्यसपछि उनीसँग कहिल्लै काम नगर्ने कसम खाएको बताएकी थिइन् । जोलीले अन्य अभिनेत्रीहरुलाई पनि आफुले यसबारेमा चेतावनी दिएको न्युयोर्क टाइम्सलाई बताएकी थिइन् ।

को हुन् हार्वे ?

हार्वे वेइनस्टेन हलिवुडका एक चर्चित निर्माता हुन् । ६५ बर्षिय हार्वे पल्प फिक्सन र क्लकर्स जस्ता चर्चित फिल्म बनाउने कम्पनि मिराम्याक्सका सह सस्थापक हुन् ।उनलाई शेक्सपियर इन् लव फिल्मका लागि ओस्कार अवार्ड पनि पाएका छन् । ब्रिटेनमा फिल्मको योगदानको कदर गर्दै सन् २००४ मा ब्रिटेनको राजपरिवारबाट उनलाई सीबीआई नामको सम्मान पनि दिइएको छ । हार्वेले अहिलेसम्म दुई विवाह गरेका छन् । हाल ४१ बर्षिय ब्रिटेनकी अभिनेत्री जर्जिना च्यापम्यान उनकी श्रीमती रहेकी छन् ।

यौन शोषणको आरोप पछि हार्वेलाई उनकै कम्पनी मिराम्याक्सबाट निस्कासन गरिएको छ भने अमेरिका र ब्रिटेनको प्रहरीले पनि एक पछि अर्को खुलासाको छानबिन गरिरहेको बताइएको छ । 

हार्वेलाई एक्स्पोज गर्ने न्युयोर्क टाइम्सले पायो पुलित्जर पुरस्कार :

हार्वेलाई एक्स्पोज गर्ने न्युयोर्क टाइम्सको द न्यु योर्कर पत्रिकाले यस वर्षको पुलित्जर पुरस्कार पाइसकेको छ । 

दुवै पत्रिकाले हलिवुडमा फिल्म निर्माता हार्वी वाइन्सटाइनले अभिनेत्रीहरुलाई गरेको यौन शोषणको रिपोर्टिंगका लागि सो प्रतिष्ठित पुरस्कार दिइएको हो । 

हार्वीको यौन शोषण एक पछि अर्को गर्दै खुल्दै गएपछि यसले एक अभियानको रुप लिएको थियो । यसै घटनाको विरोधमा विश्वभर ‘मी टू’ नामक अभियान चलेको थियो ।

गत अक्टोबरमा पहिलो पटक न्युयोर्क टाइम्सले हर्वीको यौन शोषणको मामला सार्वजनिक गरेपछि यस प्रकरणले हलिवुडलाई ठुलो झड्का दिएको थियो । ६६ बर्षिय हार्वीलाई उनको कम्पनिबाट मात्र निकालिएन उनलाई मानसिक रोगीको संज्ञा दिदै पुनरुत्थान केन्द्रमा समेत लागिएको थियो । तर उनले भने अभिनेत्रीहरुसँग उनीहरुकै मर्जीले सेक्स गरेको बताउदै आएका छन् ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै