• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्य सुधारोन्मुख

kharibot

काठमाडौं । राष्ट्रकवि माधव घिमिर को भारतमा भैरहेको उपचार बारे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।    

राष्ट्रकवि घिमिरेको हरियाणा राज्यको गुडगांवस्थिति मेदान्त अस्पतालको हाइकेयर युनिटमा उपचार भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उपचारको क्रममा घिमिरेको इन्डोस्कोपी, कोलोनोस्कोपी, क्याप्सुल इन्डोस्कोपीविधि प्रयोग गरिएको र उनको अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा.नरेश त्रेहान तथा उपचारमा संलग्न डा. रणधीर सुदले जनाएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रकवि घिमिरेको उपचारमा लाग्ने सबै खर्च सरकारले गर्ने निर्णय गरिसकेको छ । 

नेपालको ग्रांडी अस्पतालमा विगत केहि समयदेखि उपचार भइरहेकोमा आन्तरिक रक्तश्राव नारोकिएपछि घिमिरेलाई थप उपाचारका लागि बुधबार मेदान्त अस्पतालमा भर्ना गरिएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै