• २०८१ बैशाख ६ बिहीबार

राशिद खानको आइपिएलमा जादु, खेलपछि सचिनले गरे तारिफ 

kharibot

काठमाडौं । अफगानिस्तानका बलर राशिद खानले सनराइजर्स हैदरावादलाई गएराती कोलकोता विरुद्धको खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै फाइनलमा पुर्याएका छन् । 

ब्याटिंग बलिङ र फिल्डीङ तिनैमा उत्कृष्ट प्रदर्शन गर्दै राशिदको प्रदर्शनका कारण नै कोलकोता पराजित भएको छ ।   

राशिदले यस खेलमा ब्याटिंगबाट पनि हैदरवादलाई ठुलो योगदान दिएका थिए । राशिदले केबल १० बल खेल्दै ४ छक्का र २ चौकाको मद्दतले ३४ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

त्यस्तै बलिङ तर्फपनि राशिदले ४ ओभर बलिङ गर्दै १९ रन दिएर तीन महत्वपूर्ण विकेट लिएका थिए । राशिदले कोलकोताका क्रिस लिन, आन्द्रे रसेल र रोविन उथाप्पालाई आउट गरेका थिए ।

त्यस्तै कोलकोताका कुल ६ खेलाडीलाई आउट गर्न राशिदको योगदान रहेको थियो । उनले बलिङ गर्दै ३ विकेट लिए भने नितिस रानालाई रन आउट गराए भने २ उत्कृष्ट क्याच पनि लिएका थिए ।

साथै राशिदले यस खेलमा ४ ओभरमा १२ डट बल फालेका थिए । यससँगै राशिदले यस सिजनमा १५८ डट बल फाल्दै यस सिजनमा सबैभन्दा धेरै डट फाल्ने रेकर्ड बनाएका छन् । राशिदपछि उमेश यादवले १४८ डट बल फालेका छन् भने सुनिल नारायणले १३७ डट बल फालेका छन् ।

यस सिजन आइपिएलमा राशिदले १६ खेल खेल्दै अहिलेसम्म २१ विकेट लिदै धेरै विकेट लिने खेलाडीको सुचिमा हैदरावादकै सिद्धार्थ कौलसँगै दोस्रो स्थानमा छन् । यस आइपिएलमा किंग्स इलेभेन पंजावबाट खेलेका अस्ट्रेलियन बलर एन्ड्रयु टायले १४ खेल खेल्दै २४ विकेट लिएर शिर्ष स्थानमा रहेका छन्  ।

सचिनको तारिफ :

मास्टर ब्लास्टर सचिन तेन्दुलकरले राशिदको खेल पछि तारिफ गर्दै ट्वीट गरेका छन् । सचिनले राशिद सुरुदेखिने एक उत्कृष्ट बलर रहेको मलाई लागेको थियो तर आजको खेल हेरेपछि मलाई यो मान्न केहि शंका छैन की उनि यस फर्म्याटका वेस्ट बलर हुन् भनेका छन् । सचिनले राशिदले ब्याटिंगमा पनि कमाल देखाउदै छन् भन्दै धेरै राम्रो गरेको उल्लेख गरेका छन् ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै