• २०८१ बैशाख ८ शनिबार

मोह्मद सलाहले विश्कप गुमाउन सक्ने, रामोसले  पठाए संदेश 

kharibot

काठमाडौँ । च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलका स्ट्राइकर मोहमद सलाहलाई लडाएर घाइते बनाएपछि रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले सलाहलाई एक सन्देश पठाएका छन् ।

खेलको २८औ मिनेटमा रामोस र सलाहको ठक्करपछि सलाह कह मिनेट खेल्ने प्रयास गरेपनि रुदै मैदान छाडेका थिए ।

रामोसले सलाहलाई एक संदेश पठाउदै कहिलेकाही फुटबलमा राम्रो पक्ष देखिने र कहिले खराब पक्ष देखिने हुन्छ भन्दै, जे भएपनि हामीसँगै खेल्ने साथी हौ भनेका छन् । रामोसले सलाह तिमी छिटो निको हौ भन्दै भविष्यले तिमीलाई पर्खिरहेको छ भन्ने संदेश पठाएका छन् ।  

अत्यन्त दुखि हुदै रुदै मैदान छोडेका सलाहको यस सिजनको अन्त्य दुखद भएको हो । रामोसले सलाहलाई लडाएर मैदान छोड्न बाध्य बनाएपनि रेफ्रीले उनलाई कुनै कार्ड भने दिएनन् ।

पछिलो रिपोर्टअनुसार इजिप्टको फुटबल फेडेरेसनले सलाह छिटै ठिक हुने र विश्वकपमा खेल्ने उल्लेख गरेपनि मिडिया रिपोर्टका अनुसार सलाह २ महिना मैदानबाट बाहिर हुने र विश्वकपमा खेल्न नसक्ने बताइएको छ । उनको कुमको हड्डी डीसलोकट भएको रिपोर्टमा उल्लेख गरिएको छ । 

सलाह घाइते भएर बाहिरिएपछि लिभरपुलले रियलसँग च्याम्पियन्स लिगको उपाधि ३-१ ले गुमाएको थियो । 

मैदानमा फाउल खेल्ने खेलाडीको रुपमा नाम कमाएका रामोस ला लिगामा धेरै रातो कार्ड पाउने खेलाडीको रुपमा दर्ज रहेका छन् । 

रामोस ला लिगाको इतिहासमै सबै भन्दा बढी १९ पटक रातो कार्ड एका छन् । रामोसले आफ्नो क्यारियरमा २४ रेडकार्ड पाउदै धेरै रेड कार्ड पाउने खेलाडीको सुचीमा तेस्रो स्थानमा रहेका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै