• २०८१ बैशाख ५ बुधबार

नेकपा प्रदेश ३ को नेतामा पौडेल सर्वसम्मत निर्वाचित

kharibot

हेटौँडा ।  नेपाल कम्युनिस्ट पार्टी प्रदेश नं ३ संसदीय दलको आज हेटौँडामा बसेको बैठकले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उक्त दलको नेतामा सर्वसम्मत निर्वाचित गरेको छ । 

आज यहाँ बसेको उक्त दलको बैठकमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकृत भएकामा हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ । 

सो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठसहित मन्त्रीहरु कैलाश ढुंङ्गेल, शालिकराम जमकटेल, केशव स्थापित, भरत दुलाल, दावादोर्जे लामा र अरुण नेपालले संविधान, राष्ट्रियतालाई सबल तुल्याउँदै अब जनतालाई आर्थिक समृद्धितर्फउन्मुख गराउन प्रतिपक्षी दललाई समेत साथै लिई अघि बढ्ने दृढ विश्वास व्यक्त गरे । 

प्रदेशसभा सदस्यमा तत्कालीन नेकपा एमालेकोतर्फबाट ५८ मध्ये हाल ५७ र माओवादी केन्द्रकातर्फबाट २३ गरी जम्मा ८० जना प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टीका सदस्य छन् । संसदीय दलको बैठक सोमबार बिहान ९ः०० बजे पुनः बस्ने गरी स्थगित गरिएको नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका नेता एवं मुख्यमन्त्री डोरमणि पौडेलले बताए । 

प्रदेशसभा सदस्य पदको रिक्त 

प्रदेश नं ३ सभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं १ को (क) बाट प्रदेशसभाको सदस्यमा निर्वाचित हरिशरण लामिछानेको हालै निधन भएका कारणबाट नेपालको संविधानबमोजिम प्रदेश नं ३ सभा सदस्य पदको आजदेखि रिक्त हुन गएको घोषणा गरेका छन् । 

सभामुख सानुकुमार श्रेष्ठले सोमबार २ः०० बजे बैठक बस्ने गरी आजको बैठक २ः३० बजे स्थगित गरेका थिए । 

सोमबार बस्ने बैठकमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकमाथि छलफल प्रारम्भ हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै