• २०८१ बैशाख १३ बिहीबार

अर्जुन रामपाल र मेहरले अन्तत: डिभोर्स गर्दै, २० बर्षे वैवाहिक सम्बन्ध टुंगियो    

kharibot

मुम्बई । बलिवुडमा प्रेम र ब्रेकअप, विवाह र डिभोर्सका खबर सामान्य हुन् थालेका छन् । 

ऋतिक रोशन, फराहन अख्तर, हिमेस रेशमिया, करिश्मा कपुर जस्ता अभिनेता अभिनेत्रीको डिभोर्सपछि अब अभिनेता अर्जुन रामपाल र मेहर जेसियाले आफ्नो २० बर्षे वैवाहिक जीवन अन्त्य गर्ने घोषणा गरेका छन् । 

बम्बे टाइम्सका अनुसार दुवैले संयुक्त रुपमा कुरा गर्दै २० बर्षे सुन्दर यात्रापछि अलग हुने निर्णय लिएका छौ भन्दै सबै यात्राको बाटो फरक हुने उल्लेख गरेका छन् । परेको एक अर्कालाई सधै साथ दिने भन्दै उनीहरुले अलग हुनुको कारण भने खुलाएका छैनन् । उनीहरुले यसबारेमा थप प्रतिक्रिया नदिने पनि उल्लेख गरेका छन् । 

मिडिया रिपोर्टसका अनुसार अर्जुनले आफ्नी श्रीमती मेहर जेसियालाई छोडेर केहि सयम अघि देखिने एक्लै बस्न थालेका थिए । 

भारतीय मिडियाहरुले ऋतिक रोशनकी पुर्वपत्नी सुजैन खानसँग अर्जुनको हिचमिच बढेपछी उनीहरुको वैवाहिक सम्बन्धमा खटपट सुरु भएको थियो ।

ऋतिक र सुजैनको डिभोर्समा पनि अर्जुनसँगको अफयेर्स प्रमुख कारण भएको यस अघि पनि खुलासा भएको थियो । सुजैनसँगको अर्जुनको सम्बन्धपछि मेहर र अर्जुनको सम्बन्ध बिग्रेपनि दुवैले एक अर्कालाई समय दिदै सम्बन्ध सुधार गर्ने प्रयास गरेका तर सो प्रयास असफल अहिले आएर भएको बताइएको छ ।

अर्जुन रामपाल र मेहरबीच १९९८ मा विवाह भएको थियो । सन १९८६ की मिस इंडिया समेत रहेकी मेहरले आफ्ना पतिसँग मिलेर 'आई सी यु' नामक फिल्म पनि बनाएकी थिइन् ।

अर्जुन र मेहरका दुई छोरी माहिका र माहिरा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै