• २०८१ बैशाख १३ बिहीबार

बार्सिलोनाको उपाधि जित्ने सिलसिला अर्जेन्टिनामा ल्याउछु – लियोनेल मेसी 

kharibot

काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले बार्सिलोनाको उपाधि जित्ने सिलसिलालाई राष्ट्रिय टिम अर्जेन्टिनामा पनि ल्याउने बताएका छन् ।

आगामी जुन १४ देखि सुरु हुने विश्वकप फुटबलको तयारीमा रहेका मेसीले अर्जेन्टिनी टेलिभिजन एल ट्रेससँग कुरा गर्दै बार्सिलोनको उपाधि जित्ने सिलसिला यस विश्वकपमा राष्ट्रिय टिम अर्जेन्टिनामा ल्याउने बताएका छन् ।

यस सिजनमा बार्सिलोन का लागि ला लिगा र कोपा डेल रेको उपाधि जितेका मेसीले अर्जेन्टिनाको लागि उपाधि जित्ने कुरा विशेष हुने बताए ।

अर्जेन्टिनाको समुह डीलाई यस विश्वकपको ग्रुप अफ डेथ भनेर पनि भनिएको छ । अर्जेन्टिनाले जुन १६ मा आइसल्याण्डको समान गर्दै छ भने जुन २१ मा क्रोसियाको सामना गर्दै छ भने जुन २६ मा नाइजेरियासँग खेल्दै छ ।

मेसीले आफ्ना साथी खेलाडीहरुमा ठुलो विस्वास रहेको बताउदै विश्वकपका लागि अर्जेन्टिनाको क्षमता भएका र अनुभव भएका खेलाडी रहेको बताएका छन् ।

कुराकानीका क्रममा मेसीले भने हामि विश्व च्याम्पियन हुदै छौ भनेर हामि कुनै संदेश दिन चाहन्नौ किनकी वास्तविकता त्यस्तो होइन तर  विश्व च्याम्पियन हुनका लागि हामीले यस विश्वकपका लागि निकै मिहिनेत गरिरहेको छौ उनले भने ।

आफ्नो समुहमा रहेका अन्य टिमको बारेमा मेसीले आइसल्याण्ड पछिल्लो युरो कपमा उत्कृष्ट प्रदर्शन गरेको टिम भएकोले सो टिम कसैका लागि पनि मुस्किल हुने बताए । त्यस्तै क्रोसियाको टिम मिडफिल्डमा राम्रो खेल्ने टिम भएको उनीहरु स्पेनले जस्तै खेल्ने भएपनि त्यतिको भने नभएको बताए । त्यस्तै नाइजेरियाले आफुहरुलाई जहिले पनि चुनौती दिने बताए ।

३० बर्षिय विश्वका उत्कृष्ट खेलाडी मेसीले आफ्नो खेल जीवनमा राष्ट्रिय टिमबाट त्यति राम्रो सफलता पाउन भने सकेका छैनन् । मेसीले सन २००६, २०१० र २०१४ गरि तीन पटक अर्जेन्टिनाको तर्फबाट विश्वकप खेलिसकेका छन् भने यो उनको चौथो विश्वकप हो ।  
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै