• २०८१ बैशाख १२ बुधबार

किरानामा कुमारी बैंकको महाबचत योजना सुरु

kharibot

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुलाई मेरो किराना डटकमबाट अनलाइन अर्डरमार्फत सामान खरिद गर्दा १० प्रतिशत सम्मको क्यास ब्याक (नगद फिर्ता) योजना ल्याएको छ । 

कुमारी महाबचत योजना” मार्फत कुमारी बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुले अनलाइन सामान खरीद गर्दा १० प्रतिशतसम्म क्यास ब्याक पाउनेछन् ।

साथै किरानाले काठमाडौंको चक्रपथ भित्रको क्षेत्रमा निःशुल्क घरमो पुर्याउने व्यवस्थाको व्यवस्था पनि मिलाएको छ । मेरो किरानामा ग्राहकहरुले खाद्यान्य लगायतका घरायसी सामानहरु सुपथ मूल्यमा खरीद गरि निःशुल्क डेलिभरीको लाभ उठाउन पाउनेछन् । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ८५ वटा शाखाहरु, ६१ वटा एटिएम्हरु तथा २ वटा एक्सटेन्सन काउण्टरहरुद्धारा सेवा दिइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुिनक प्रविधियुुक्त इन्टरनेट बैंकिंङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा तथा भाईबर बैंकिंङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै