• २०८१ बैशाख १२ बुधबार

उदयपुरकाे लिम्चुङबुङ गाउँपालिका चट्याङ लागेर ३ जनाकाे मृत्यु 

kharibot

गाईघाट । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बिहीबार  साँझ चट्याङ पर्दा तीन जनाको मृत्यु भएको छ एक जना गम्भिर घाईते भएका छन् ।

वर्षासंगै परेको चट्याङ्गले लागेर वडान. २ ताम्लिछा गैरीगाउँका ६३ वर्षिय धनप्रताप राइ, कृष्णबहादुर भुजेलकी ८ वर्षिया छोरी बिष्णुमाया भुजेल र खड्डु भुजेलका ११ बर्षीय छोरा कौशल भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

स्थानीय कृषबहादुर भुजेलको घरको दलानमा बसिरहेको अबश्थामा चट्याङपर्दा खड्डु भुजेलका अर्का ६ बर्षीय छोरा रिजकु भुजेल घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले बताए ।

हावाहुरीसँगै पानी पर्न थालेपछि ओत लागेर बसीरहेको अवस्थामा सोलारबत्ति बाल्न लाग्दा सोलारमा चट्याङले हानेको हुन सक्ने वडाअध्यक्ष भविन्द्रकुमार राईले बताए । गम्भिर घाईते बालकद्धयलाई उपचारका लागि सदरमुकाम गाईघाट ल्याईएकाे जिल्ला प्रहरीले जानकारी दिएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै