• २०८१ बैशाख १२ बुधबार

आलियाले दिएका हरेक कुरालाई म लिन चाहन्छु – रणवीर कपुर 

kharibot

मुम्बई । बलिउड अभिनेता रणवीर कपुरले आफू अभिनेत्री आलिया भट्टसँग प्रेम सम्बन्ध रहेको प्रष्ट पारेका छन् । 

दुवैको प्रेम प्रसंगले चर्चा पाइरहेका बेला रणवीरले आफ्नो आलियासँगको सम्बन्ध बारे प्रष्ट अभिव्यक्ति दिएका छन् ।

एक अन्तर्वार्ताका क्रममा रणवीरले अहिलेनै सबै कुरा गर्न हतार हुने भन्दै यसलाई अझै समय चाहिने बताएका छन् ।

हुन त बलिवुडमा हिरो हिरोइन सँगै फिल्म गरेपछि अफयेर्सको चर्चा गराएर फिल्मको व्यापार बढाउने रणनिति पुरानो नै हो तर पनि रणवीर र आलियाको प्रसंगमा कुरा अगाडी बढेको संकेत रणवीरले गरेका छन् । 

अन्तर्वार्ताका क्रममा रणवीरले आलियाको काम, एक्टिङ्गका साथै जीवनलाई पनि हेरिरहेको उनले बताए । आलियाले दिएका हरेक कुरालाई आफूले लिन चाँहेको बताउदै उनले नयाँ नयाँ प्रेमले मनभित्र अत्याधिक उत्सुकता लिएर आउने, पुरानो सोंच अचानक नयाँ हुने अनुभव गरेको बताएका छन् ।

रणवीरले आफु पहिलेभन्दा बढी सन्तुलित रहेको र सम्बन्धको महत्व बुझेको अन्तर्वार्तामा बताएका छन् ।

यस अघि नै आलियाले रणवीरको नाम नलिए पनि आफ्नो कसैसँग क्रस रहेको बताएकी थिइन् । सार्वजनिक ठाउमा रणवीर र आलिया देखिदा दुवैको हाउभाउबाट उनीहरु गहिरो प्रेममा रहेको सजिलै अनुमान भने गर्न सकिन्छ ।

रणवीरले आलिया आफ्नो १०औं गर्लफ्रेण्ड भएको समेत खुलाएका छन्। ‘मेरो जीवनमा आजसम्म १० गर्लफ्रेण्ड आए। मलाई प्रेम गर्न मन पर्छ, तर म रोमान्टिक छु, तर उत्तेजित होइन्’, यसअघि दीपिका पादुकोण, कट्रिना कैफ, पाकिस्तानी अभिनेत्री माहिरा खानलगायतसँग डेट गरिसकेका रणवीर र आलियाको यो प्रेम प्रसंग फिल्म रिलिजसम्म सिमित रहन्छ या अलि परसम्म पुग्छ त्यो भने भविष्यले बताउने छ । 

प्रेम सम्बन्धले चर्चामा रहेका आलिया र रणवीर फिल्ममा पनि सँगै देखिँदैछन् । उनीहरुले फिल्म ‘ब्रह्मास्त्र’मा पहिलोपटक देखिदै छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै