• २०८१ बैशाख ८ शनिबार

हामी मगन्ते भयौ, सित्तैमा पाए जे पनि खाने बानी छोडौ – डा. बाबुराम भट्टराई 

kharibot

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले बजेट बनाउदा अर्थमन्त्री अल्मलिएको बताउदै उनको अवस्था ‘न हाँसको चाल न कौवाको चाल’ भएको बताएका छन् । 

प्रतिनिधि सभामा बजेटमाथि भएको छलफलमा भाग लिदै डा. भट्टराईले प्रधानमन्त्री रोजगार कार्यक्रम, हरेक प्रदेशमा उघोग ग्राम खोल्ने, प्रमाण पत्रमा राखेर ऋण दिने कुरा, राजस्वतर्फ धुम्रपान र रक्सिमा अन्तशुल्क बढाइएका कुरा बजेटमा राम्रो पक्ष रहेको उल्लेख गरे ।  

देशलाई मार्ग चित्र देखाउने बजेट भएकाले यो बजेट सामान्य बजेट नभएको बताउदै यो बजेट भिन्न परिवेशमा प्रस्तुत भएको र यसको छलफल पनि सोहि किसिमले हुनुपर्ने बताए ।

सामान्य अवस्थामा भएको भए यस बजेटलाई आफुले ६० प्रतिशत अंक दिने थिए भन्दै डा. भट्टराईले अहिले विकासको फड्को मर्नु पर्ने अवस्था सो अनुसार बजेट नआएको गुनासो गरे ।

बहुमत प्राप्त सरकारले हिम्मत हारेको, विस्वास गुमाउन थालेकोमा चिन्ता बयक्त गरे । बजेटमा क्रमश गरिने छ, गर्दै लगिने छ भन्ने जस्ता शब्दावलीको प्रयोगले अर्थमन्त्री बजेट बनाउदा कता कता हराएको महसुस भएको बताए ।

प्रधानमन्त्रीको भाषा सापटी लिदै डा. भट्टराईले २-२ जना पाइलटले चलाएको जाहजको गति नपुगेको व्यंग्य गरे ।

बजेट निर्माणका क्रममा दृष्टीकोणको अभाव रहेको देखिएको बताउदै रामायणको कथा सुनाएका थिए । संजीवनी औषधि लिन गएका हनुमानले हिमालय पर्वत बोकेर आएको जस्तो अर्थमन्त्रीले सबै कायक्रम राखेर हनुमानले जस्तो गरेको बताए ।

डा. भट्टराईले सरकारले नीति तथा कार्यक्रममा, आफ्ना चुनावी घोषणामा व्यक्त गरेका कुरा बजेटमा स्पष्टता नभएको बह्न्दै बजेटले ‘फोकस’ दिन नसकेको बताए । नयाँ परिस्थितिमा अर्थमन्त्रीले पुरानै ‘फर्म्याट’ मा बजेट ल्याएको भन्दै शक्तिशाली सरकारले नयाँ किसिमको बजेट ल्याउन नसकेको बताए ।

अर्थमन्त्रीको अवस्था ‘न हाँसको चाल न कौवाको चाल’ भएको भन्दै बजेटले प्राथमिकता छुट्टयाउन असफल भएको भन्दै डा. भट्टराईले नेपालअब दक्षिन् पूर्वी एशियाका देशहरुको विकासको मोडलमा जान उपयुक्त हुने धारणा राखे । चीन, मलेसीयाको विकास मोडल हाम्रो देशसँग मिल्ने भन्दै २४ प्रतिशत बजेटले दोहोरो अंकको वृद्धि हासिल हुन् नसक्ने बताए ।

दोहोरो अंकको वृद्धि हासिल गर्न कम्तिमा ३५ देखि ४० प्रतिशत विकास बजेट हुनै पर्ने धारणा राखेका थिए । दाता राष्ट्रहरुले लादेको फर्म्याटमा हामि बाधिनु जरुरी नभएको भन्दै धेरै ऋण लिएर विकासका ठुला परियोजना चलाउन आवश्यक रहेको बताए  । हामीले अनुदान लिनुको साटो सहुलियत दरको ऋण लिएर विकासमा लगानी गर्नु पर्ने धारणा राखेका थिए  । 

बजेटमा अर्थमन्त्री पुँजीवाद या समाजवाद कुन बाटोमा जाने अललिएको भन्दै निजी क्षेत्रले लगानी गर्नुपर्ने क्षेत्रमा सरकारले लगानी गर्ने किसिमको बजेट आएको भन्दै अर्थमन्त्रीले उल्टो बाटो लिएको बताए ।

अहिले निजी क्षेत्रलाई उत्साहित बनाउनु पर्ने बेलामा बजेटमा पुँजीगत लाभ कर बढाएर नयाँ लगानीकर्तालाई हतोत्साहित गरिएको बताए ।

हामीले साच्चै दुई अंकको वृद्धिदर हासिल गर्ने हो भने तीन कुरालाई जोड दिनु पर्नेमा डा. भट्टराईले बताए  । पहिलो कुरा पुँजी निर्माण रहेको बताउदै उनले बचतमा जोड दिनु पर्ने बताए  । उनले बाह्य पुँजी ल्याएर मात्र समृद्धि हासिल गर्न सकिने भन्दै उत्पादक क्षेत्रमा लगानी गर्नेलाई कर छुट दिने र अनुत्पादक क्षेत्रमा लगानी गरे करको दयारा बढाउनु पर्ने बताए । 
डा. भट्टराईले दोस्रो दक्ष जनशक्ति तयार गरे मात्र विकासको आधार तय हुने बताए  । 

तेस्रो कुरा बजार विस्तार रहेको भन्दै आर्थिक विकासका लागि पछि अप्रेका क्षेत्रलाई माथि उकासेर मात्र विकास हासिल गर्न सकिने बताए । 

प्रधानमन्त्रीको सपनाको सम्मान गर्दै डा. भट्टराईले सरकारले प्राथमिकता छुट्टाउन नसकेको भन्दै पहिलो प्राथमिकता सडक हुनुपर्नेमा बजेट छरिएको बताए । सडक हवाई यातायात पछि मात्र रेल र पानी जहाज प्राथमिकतामा हुनुपर्नेमा त्यसो नभएको बताए ।

विदेशीले दियो भने जे पनि लिने भन्दै काठमाडौँमा मोनोरेल, मेट्रो रेल केबुलकार जस्ता सबै चिज आवश्यक नभएको बताउदै उनले हामी मगन्ते भएको र अरुले दिएको चिज कस्तो छ नहेरी खाने बानी छोडौ भन्दै प्राथमिकता छुट्टाएर बजेट ल्याउन अर्थमन्त्री असफल भएको बताए ।

भारतसँगको खुला सीमाना र मुद्राको दरका बिषयमा छलफल चलाउने बेला आएको भन्दै यस विषयमा इपिजीमार्फत छलफल चलाउनु पर्ने धारणा राखेका थिए ।     
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै