• २०८१ बैशाख ७ शुक्रबार

युगान्डामा सामाजिक संजाल फेसबुक, ट्वीटर चलाए कर तिर्नुपर्ने ! 

kharibot

काठमाडौँ । युगान्डाको संसदले सामाजिक संजालमा कर लगाउने कानुन पास गरेको छ । अब यो कानुन पास भएपछि फेसबुक, ट्वीटरलगायतका अन्य सामाजिक संजाल प्रयोग गर्नेहरुले युगान्डामा सरकारलाई कर तिर्नु पर्ने भएको छ ।

सन २०१६ को निर्वाचनमा सामाजिक संजालमा प्रतिबन्ध लगाइएको युगान्डामा राष्ट्रपति योवेरी मुसेवनीले गत मार्च देखि नै सामाजिक संजालको प्रयोगमा कर लगाउने बहस सुरु गरेका थिए ।

राष्ट्रपतिले सामाजिक संजालको दुरुपयोगलाई रोक्न सरकारले कर लगाएको बताएका छन् ।

जुलाई १ देखि लागु हुने यो नया नियम अनुसार सामाजिक संजाल फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्स एप आदि चलाउनेले हरेक दिन लगभग नेपाली ५ रुपैया ४० पैसा सरकारलाई तिर्नु पर्दछ ।

त्यस्तै सरकारले मोबाइलबाट पैसाको कारोबार गर्नेलाई पनि एक प्रतिशत कर लगाएको बिबिसीले जनाएको छ ।

युगान्डामा हाल २ करोड ३६ लाखले मोबाइल प्रयोग जसमा १ करोड ७० लाखले इन्टरनेट चलाउने गरेका छन् ।

सरकारले कसरी सामाजिक संजाल चलाएको रेकर्ड राख्छ र कसरी कर असुल्छ भन्ने बारे प्रष्ट नभएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै