• २०८१ बैशाख ७ शुक्रबार

धनगढीमा गोल हानि पैसा लुट्ने दुई जना काठमाडौँको गंगबुबाट पक्राउ 

kharibot

काठमाडौँ । गत जेठ १३ गते धनगढीमा गोली चलाएर रकम लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धनगढीकै २८ बर्षिय प्रवेश राना र कैलाली कृष्णपुरका २३ बर्षिय कालु रानालाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुले गत जेठ १३ गते धनगढीको सिद्धार्थ बैंकबाट प्रभु मणि ट्रान्सफरका कर्मचारी निर्मल कार्कीले ९ लाख ५० हजार रुपैयाँ निकालेर साइकलबाट जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका लुटेराले लुटेका थिए । 

प्रहरीले सो लुटमा संलग्न दुई जनालाई आजै काठमाडौँको गोंगबुबाट पक्राउ गरेको हो । प्रहरीको अनुसन्धान महाशाखाका अनुसार पक्रुआ परेका कालु राना यसअघि बलात्कारको मुद्धामा ६ बर्ष कैद भुक्तान गरि छुटेका व्यक्ति भएको उल्लेख गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै