• २०८१ बैशाख १३ बिहीबार

दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु : शिक्षामन्त्री पोखरेल

kharibot

फाइल तस्विर । 

काठमाडौँ / विज्ञान, शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक विकृतिका कारण विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न नसकिएको बताएका छन । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दोस्रो चरणको विद्यार्थी भर्ना अभियान शुरु भएको जानकारी दिए । 

विद्यालयमा बालबालिकालाई टिकाइराख्न अभिभावक, शिक्षक, स्थानीय निकाय सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै मन्त्री पोखरेलले बालबालिका विद्यालयमा किन भर्ना भएनन् भन्ने जाकारी लिन सरकारले शिक्षा तथा मानव केन्द्रमा छुट्टै डेस्क स्थापना गर्न लागेको बताए । 

उनले भने , “कक्षा १ देखि ५ सम्म ११ हजार ९५१, कक्षा ६ देखि १२ सम्म ५९ हजार ७३३ बालबालिका भर्ना हुन बाँकी छन्, उनीहरुलाई विद्यालयमा ल्याउन दोस्रो चरणको भर्ना अभियान शुरु गरिएको हो ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै