• २०८१ बैशाख ७ शुक्रबार

यी ६ देशले आफै आयोजना गरेर जिते विश्वकप फुटबलको उपाधि 

kharibot

काठमाडौँ । विश्वकपको २१औ संस्करणसम्म आइपुग्दा विश्वकपको आयोजना ब्राजिल, इटाली, फ्रान्स, मेक्सिको र जर्मनीले दुई-दुई पटक गरेका छन् भने स्विटजरल्याण्ड, उरुग्वे, स्विडेन, चिली, इङल्याण्ड, अमेरिका, अर्जेन्टिना, स्पेन, दक्षिण कोरिया/जापान, दक्षिण अफ्रीकाले एक एक पटक विश्वकपको आयोजना गरेका छन् । 

त्यस्तै यस पटकको विश्वकप रसियाले र सन २०२२ को विश्वकप कतारले आयोजना गर्दै छ ।

यस्तैमा आयोजक टिमले जुन जुन देशले कति कति पटक विश्वकप जितेका होलान् भन्ने कौतुहलता लाग्नु स्वाभाविकै हो ।

आयोजकको कुरा गर्दा फुटबलको पहिलो विश्वकपको आयोजक उरुग्वे हो । सन १९३० मा भएको पहिलो फूटबल विश्वकपको आयोजक उरुग्वेले नै जितेको थियो । फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४-२ गोल अन्तरले पराजित गर्दै जितेको थियो ।

त्यसपछि सन १९३४ को विश्वकप आयोजना गरेको इटालीले पनि घरेलु मैदानको फाइदा उठाउदै विश्वकपको उपाधि आफैले जितेको थियो । इटालीले फाइनलमा तत्कालिन चेकोस्लोभाकियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले जितेको थियो ।

त्यस्तै पछि सन १९६६ मा विश्वकप इङल्याण्डमा आयोजना भयो । सो विश्वकप घरेलु मैदानको फाइदा उठाउदै इङल्याण्डले नै जितेको थियो । इङल्याण्डले अहिलेसम्म जितेको यो एक मात्र विश्वकपको उपाधि हो । इङल्याण्डले फाइनलमा पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

त्यसपछि विश्वकप आयोजक अर्जेन्टिनाले घरेलु मैदानमा सन १९७८ को विश्वकप जितेको थियो । सो विश्वकपको फाइनलमा अर्जेन्टिनाले नेदरल्याण्डसलाई अतिरिक्त समयमा ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै तत्कालिन पश्चिम जर्मनी, (अहिले जर्मनी) ले सन् १९७४ मा विश्वकप आयोजना गर्दै उपाधि जितेको थियो । पश्चिम जर्मनीले सो फाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

त्यसपछि आयोजकको रुपमा विश्वकप जित्ने छैठौ टिम फ्रान्स हो । फ्रान्सले घरेलु मैदानमा सन १९९८ मा आयोजना भएको विश्वकपको उपाधि जितेको थियो । फाइनल खेलमा फ्रान्सले ब्राजिललाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । 

विश्वकप आयोजना गरेर सन १९५० मा ब्राजिल फाइनलमा पुगेर उरुग्वेसँग पाजित भएको थियो भने सन १९५८ मा विश्वकप आयोजना गरेको स्विडेन फाइनलमा पुगेर ब्राजिलसँग पराजित भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै