मुम्बई । अभिनेता अर्जुन रामपालले डिभोर्स गरेको हप्ता दिन पनि नाबित्त्दै एक मोडलसँग अफयेर्सको रिपोर्ट बाहिरिएको छ ।
पुर्वमिस इंडिया समेत रहेकी पत्नी मेहर जेसियासँग १९ बर्ष लामो सम्बन्धलाई अन्त्य गर्दै डिभोर्स गरेका अर्जुनको नाम सर्बियाकी मोडल तथा अभिनेत्री नताशा स्टेनकोविचसँग जोडिएको हो ।
भारतीय मिडियाका अनुसार अर्जुन रामपाल र नताशा अर्जुन रामपालको फिल्म ‘ड्याडी’ फिल्मको एक गीतमा काम गरेपछि उनीसँग नजिकिएकी थिइन् । अहिले डिभोर्सपछि अर्जुन नताशासँग ‘डेट’ गरिरहेको उल्लेख गरेका छन् । ४५ बर्षिय अभिनेता अर्जुन र नताशालाई सँगै सार्वजनिक ठाउहरुमा देखिन थालेको भन्दै भारतीय मिडियाहरुले रिपोर्ट प्रकाशित गरेका छन् ।
नताशाले प्रकाश झाको फिल्म सत्याग्रहमा आइटम गीतमा डान्स गरेकी थिइन् । उनले दुई डकुमेन्ट्रीको निर्देशन पनि गरेकी छन् । नताशा चर्चित रियालिटी शो बिग बोसको अठौ सिजनमा समेत भाग लिएकी थिइन् ।
२६ बर्षिय नताशाको नाम यसअघि टिभी सिरिज ये है मोब्बतेका अभिनेता अलि गोनीसँग रिलेसनसिपमा रहिसकेकी छन् ।
यसअघि अर्जुन रामपालको ऋतिक रोशनकी पुर्व पत्नी सुजैन खानसँग अफयेर्स रहेको बताइएको थियो । ऋतिक र सुजनको डिभोर्स हुनुमा अर्जुन रामपालको हात रहेको र अहिले अर्जुनको डिभोर्स हुनुमा सुजैनको हात रहेको रिपोर्ट आएको थियो । सुजैन खानले ऋतिकसँग २०१२ मा डिभोर्स लिएकी थिइन् ।