• २०८१ बैशाख ४ मंगलबार

एप्पल आईओएस १२ : आईफोनमा अहिलेसम्मकै ठूला फिचरहरु ल्याउने एप्पलको घोषणा 

kharibot

काठमाडौं । एप्पलको वल्र्डवाइड डेभलपर्स कन्फरेन्स अमेरिकाको क्यालिफोर्नियामा सोमबारदेखि सुरु भएको छ । यो सम्मेलन ८ जुन अर्थात् शुक्रबारसम्म चल्नेछ । सोही मौकामा उत्कृष्ट स्मार्टफोन निर्माण गर्दै आएको अब्बल कम्पनी एप्पलले केही महत्वपूर्ण घोषणाहरु गरेको छ । यी घोषणा खासगरी आईफोनलाई सुरक्षित, भरपर्दो र परिष्कृत बनाउन सहयोग गर्ने आईफोनका फिचरहरुसँग सम्बन्धित रहेको छ । 

के-के हुन् त ठूला फिचरहरु ? 

सफारी ब्राउजर 
आईओएस १२ मा सफारी ब्राउजरमा इन्टेलिजेन्स ट्राकिङ प्रिभेन्सन जस्ता फिचरहरु पाउन सकिन्छ । जसको सहायताबाट सफारीले त्यस्ता साइटमाथि प्रतिबन्ध (ब्लक) गर्नेछ । यसले युजर (प्रयोगकर्ता)को अनुमतिविनै युजरको ट्राक गरिरहेको हुन्छ । साथसाथै कुनै वेबसाइटमा नयाँ आईडी बनाउँदा सफारीले आफैँ एउटा बलियो पासवर्ड राखिदिन्छ जसलाई प्रयोगकर्ताले आफ्नो हिसाबले बदल्न पाउनेछन् । 

नयाँ एनिमोजी 
एप्पलले आफ्नो आईफोन १० मा इमोजीजस्तै विभिन्न खाले एनिमोजी पनि लन्च गरेको थियो । अब त्यसमा चारवटा नयाँ एनिमोेजी पनि थप्ने भएको छ । त्यसमा घोष्ट, कोला, टाइगर र टी–रेक्स नामका चार नयाँ एनिमोजी पनि थपिनेछन् । 

म्यासेज क्यामरामा नयाँ इफेक्ट 
एप्पलले नयाँ अपडेटसँगै म्यासेज र फेसटाइममा एनिमोजी, फिल्टर, टेक्स्ट र वाटर कलर जस्ता नयाँ इफेक्ट मिसाउने भएको छ । यसमा नयाँ लेबल र आकार दिइएको छ जसबाट प्रयोगकर्ताले फोटोका कुनै पनि खास भागमा नयाँ क्याप्सन र टाइटल हाइलाइट गर्न पाउनेछन् । 

कार प्लेमा गुगल म्याप्स 
नयाँ आईओएस अपडेटसँगै एप्पलले कार प्ले फिचरमा गुगल म्याप्सलाई पनि सपोर्टिभ बनाएको जनाएको छ । यसबाहेक कार प्ले वेजलाई लाई अब यसले सपोर्ट गर्नेछ । 

ग्रुप नोटिफिकेसन 
यो पटक एप्पलले ग्रुप नोटिफिकेसन फिचर पनि ल्याएको छ । यसबाट प्रयोगकर्तालाई अब हरेक नोटिफिकेसन छुट्टाछुट्टै देख्न पर्नेछैन । यो फिचरले अब एकसाथ ग्रुपमा देखिनेछ, जो स्क्रिनको कम स्पेसमै रहनेछ । 

इमोजीको सट्टा मेमोजी 

यो अपडेटमा प्रयोगकर्तालाई एनिमोजीजस्तै आफ्नो मेमोजी पनि बनाउन मिल्ने गरिएको छ । यसमा प्रयोगकर्ताले म्यासेज एपमा आफ्नो खुसीले स्टाइलिस मेमोजी बनाउन पाउनेछन् । 

एकैपटक ३२ जनासँग भिडियो कल !
एप्पलले भिडियो कलका लागि आफ्नो एप फेस टाइममा ठूलो परिवर्तन गरेको छ । अब आईफोन÷आईप्याडमा प्रयोगकर्ताले फेसटाइम एपको सहयोगमा एकैपटक ३२ जनासँग भिडियो कल गर्न पाउनेछन् । 

नोटिफिकेसनमा आयो – डु नट डिष्टर्ब (डीएनबी) !
आईफोनको डु नट डिष्टर्ब फिचरमा केही नयाँ गरिएको छ, जसको सहयोगमा प्रयोगकर्ताले एक टाइमिङ सेट गर्न पाउनेछन् । योसँगै प्रयोगकर्तालाई कुनै कल वा म्यासेजको नोटिफिकेसन आउनेछैन । 

सामान्य एप्लिकेसनमा परिवर्तन 
एप्पलले एप्पल बुक्स, एप्पल न्युज, स्टक्स जस्ता आफ्ना सामान्यखाले एप्लिकेसनको डिजाइनमा पनि केही परिवर्तन गरेको छ । 

अरु एपसँग च्याट गर्न ‘एप्पल सिरी’ 
यो एपले दोस्रो एपसँग च्याट गर्नेछ । एप्पलले आफ्नो भर्चुअल असिष्टेन्टको लागि नयाँ शर्टकट बनाउने पनि घोषणा गरेको छ । यसको सहायतामा सिरीले आफँै एपहरुको नियन्त्रण गर्नेछ । प्रयोगकर्ताले सिरीलाई भ्वाइस कमान्ड पनि गर्न सक्नेछन् । 

  • एजेन्सीहरुको सहयोगमा 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै