• २०८१ बैशाख १४ शुक्रबार

काठमाडौँ महानगरका ३२ वटै वडामा वृक्षारोपण 

kharibot

काठमाडौँ । ४८औँ विश्व वातावरण दिवसको अबसरमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरीएको छ  । 

खरीबोटसँग कुरा गर्दे काठमाण्डौँ महानगरपालिका वडा नम्बर एक का वडा अध्यक्ष भरतलाल श्रेष्ठले वडा भित्रका नारायण चोक , टेबुलटेनिस बोर्ड लगाएतका ठाउँमा आज विश्व वातावरण दिवसको अवसर पारेर ज्याकाराण्डा, असारे, कर्विर, लगाएतका बिरुवा रोपेको जानकारी दिए  । वातावरणलाई हरावरा बनाउन रुख रोप्न आवश्यक रहेको बताउँदै नयाँ बन्ने भवनहरु ीनर्माण गर्दा रुख ,विरुवा समेत रोप्ने ठाउँ राख्न बिचार गर्नुपर्ने बताए  ।

त्यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर २ मा भने केहि समय अघि १२० वटा विरुवा रोपेको हुनाले आज विश्व वातावरणको अवसरमा भने २० वटा मात्र काइयोको बिरुवा रोपिएको छ । 

कठमाण्डौँ महानगरपालीका वडा नम्बर ३ मा भने दुई सय वटा ठूला रुख नै रोपिएको छ ।  वडा अध्यक्ष दिपक केसीले दिएको जानकारी अनुसार लाजिम्पाट सांग्रिला होटलदेखी  पानी पोखरी सम्म रक्षा मन्त्रि , वातावरणमन्त्री लगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा बृक्षारोपण गरीएको थियो  ।  उनको अनुसार बृक्षारोपण गरेर मात्र सहर सफा हुदैन् पहिला मानिसको मानसिकता सफा हुनुपर्छ भन्दै स्वच्छता, हरीयाली र हावाको लागि बृक्षारोपण गर्नुपर्ने उनले बताए ।     

त्यस्तै काठमाडौँ महानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहन बिस्टले भने बिश्व वातावरण दिवसको अवसरमा आफुले ईतिहास  रचेको बताए , उनले भने वडा नम्बर ४ मा ईतिहास रचिएको छ  ,सार्वजनीक जग्गा,  पार्क मात्र नभएर धोविखोला करीडोरमा समेत बृक्षारोपण गर्न सफल भएकाले इतिहास रच्न सफल भएको उनले बताए  । वडावासि ,  रारा समुह,  र वडाको पहलमा ५ फिट सम्मका  असारे, कपुर  र स्याउ लागाएका बिरुवा रोपिएको थियो ।  त्यस्तै , रुख तथा बिरुवा मात्र रोपेर वातावरण सफा नहुने बताएका विस्टले धोवी खोलाको  ढल निकासको लागि  वाग्मती ढल शाखाबाट ढललाई ब्यवस्थित गर्ने तयारी समेत भएको जानकारी दिए । 

कामपा वडा नम्बर  ५ मा बिभिन्न ब्यक्ति , संस्था , महानगरपालीका, समुह ,  स्कुल लगाएत संग सहकार्य गरेर  कपुर र धुपकिो ६१ वटा बिरुवा रोपेको जानकारी दिए ।  रुख रोप्नु मात्र हैन् त्यसको संरक्षण गर्नु सबै   भन्दा ठूलो कुरा भएकाले बिरुवाको संरक्षणको लागि जालीको साथैँ माली समेतको ब्यवस्था गरेको जानकारी दिए  । 

वडा नम्बर ६ का वडा अध्यक्ष दिपेन्द्र लामाले ३, ४ र ५ फिट सम्मका कपुर, काइयो, अम्बा लागाएतका ५० थान बिरुवा रोपेको जानकारी दिए । सामुदागिक  विद्यालय  , बैँक, तथा वडाको पहलमा रोपिएका बिरुवा संरक्षण गर्न  मालीको ब्यवस्था गरेको उनले बताए ।  

वडा नम्बर ७ मा पनि धुपि,  स्वामी,  लगाएका बिरुवा रोपिएको छ  , खरीबोटसँग कुरा गर्दे कामपा वडा नम्बर ७ का वडा अध्यक्ष शुद्ध कुमार ढंगोलले वडामा केहि समय अघि नै ३ सय बिरुवा रोपिसकेको हुनाले आज थोरै मात्र बिरुवा रोपेको बताउँदै पहिला रोपेको बिरुवा हुर्काउन आफुहरु लागि परेको बताए  ।  

त्यस्तै,  काठमाण्डौँ महानगरका ३२ वडा मध्य एक मात्र महिला वडा अध्यक्ष सोभा सापकोटाले १४ नम्बर वडामा  पारिजात , टाकि , कपुर , असारे , धुपि लागाएका १५० भन्दा बढी बिरुवा रोपेको जानकारि दिईन्  ।

वडा नम्बर ९ मा वडा अध्यक्ष राम कुमार जयखु श्रेष्ठले मसला तथा बिभिनन प्रजातिका  ११५ वटा बिरुवा रोपेको जानकारी दिए । त्यस्तै , वडा नम्बर  ११ मा थापाथली चोक,  र ललितपुर बिचको भागमा आइल्याण्डमा २९ वटा बिरुवा रोप्नुका साथै गोडमेल गरेको बताए । 

यसै सन्दर्भमा काठमाण्डौँ महानगरले  आज  विश्व वातावरण दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वृक्षरोपणको शुरुआत गर्दै कामपा प्रमुख विद्यासुन्दर शाक्यले आउँदो पाँच वर्षभित्र शहरमा भएका घरका तुलनामा जमीनमा हरियाली सन्तुलन गर्नु कामपाको लक्ष्य भएको बताए  । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले वृक्षरोपण गर्नुभन्दा आगामी दिनमा त्यसको संरक्षण गर्न मुख्य चुनौती रहेको बताईन् ।  

कामपा वातावरण व्यवस्थापन समितिका संयोजक विकास डंगोलले आउँदो पाँच वर्षमा हरियालीका क्षेत्रमा देखिने उपलब्धि हासिल हुनेमा विश्वस्त रहन आग्रह गरे । यस अवसरमा कामपाले प्रत्येक वडालाई २०० बिरुवा रोप्न निर्देशन दिँदै केही समयभित्र तथ्यांक दिन आग्रह गरेको छ । 

वातावरण दिवसको सन्दर्भ पारेर यस वर्ष महानगर क्षेत्रभित्रका सरकारी, अर्धसरकारी, गैरसरकारी तथा वित्तीय संस्था, निजी तथा सामुदायिक विद्यालय, कलेज, अस्पताललगायत क्षेत्रमा वृक्षरोपण गर्न शुरु गरिएको छ । हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाइँदै आएको छ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारणसभाले यस दिनलाई वातावरण सुधारमा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन आग्रह गरेको हो । 

यस वर्ष कामपाले ‘काठमाडौँ हरियाली मेरो जिम्मेवारी, नगरवासीमा खुशीयाली’ भन्ने नारासहित अभियान थालनी गरेको छ । रोपिएका बिरुवाको तथ्यांक लिने, ती बिरुवा संरक्षणको निरन्तर नियमन गर्ने र बिरुवा हुर्काउने जो कोहीलाई मूल्यांकन गरी कामपाले सम्मान समेत गर्ने भएको छ  । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै