• २०८१ बैशाख ६ बिहीबार

विश्वकप डायरी : आफु जन्मिएको देशबाट नखेल्ने यी विश्वका चर्चित फुटबलर 

kharibot

काठमाडौँ । विश्वकप फुटबल सुरु हुन् केहि दिन मात्र बाँकी हुँदा केहि रोचक तथ्यहरु बाहिर आइरहेका छन् । यस विश्वकपमा कतिपय यस्ता खेलाडी छन् जो एउटा देशमा जन्मिए र अर्को देशबाट फुटबल खेल्ने गर्दछन् ।

फिफाले यस विषयमा ४ वटा व्यवस्था गरेको छ ।
क)    खेलाडी सम्बन्धित एशोसियसनको टेरोटेरीमा जन्मिएको हुनुपर्ने,
ख)    खेलाडीको आमा या बाबु सम्बन्धित एशोसियसनको देशमा जन्मिएको हुनुपर्ने,
ग)    खेलाडीको हजुरबुबा या हजुरआमा सम्बन्धित एशोसियसनको देशमा जन्मिएको हुनुपर्ने, 
घ)    खेलाडी सम्बन्धित देशमा १८ बर्षको उमेर पुगेपछि लगातार ५ बर्ष बसोबास गरेको हुनुपर्ने ।

फिफाले यी मध्ये कुनै शर्त पुरा भएमा आफु जन्मिएको देश बाहेक अन्य देशमा पनि खेल्न पाइने सुबिधा प्रदान गरेको छ । हामीले रसिया विश्वकपमा भाग लिने केहि यस्ता विश्व चर्चित खेलाडीको चर्चा गर्दै छौ जो त्यस देशमा जन्मिएका थिएनन् ।

साम्युयल उमटिटि (फ्रान्स) :

अहिले फ्रान्सको राष्ट्रिय टिमका विश्वकप खेल्दै गरेका साम्युयल उमटिटि फ्रान्समा जन्मिएका भने होइनन् । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने डिफेन्डर उमटिटि क्यामरुनमा जन्मिएका हुन् । क्यामरुनमा जन्मेर २ बर्ष बिताएका उमटिटि त्यसपछि फ्रान्स आएका थिए ।

उमटिटिलाई आफु जन्मिएको देश क्यामरुनबाट खेलाउन क्यामरुनले आफ्ना लिजेण्ड खेलाडी रोजर मिल्लासहितका अधिकारीहरुलाई पठाए पनि उनले फ्रान्सबाटै खेल्ने बताएर फर्काइदिएका थिए । उमटिटि फ्रान्सको अन्डर १७, १८, १९, २० र २१ हुदै फिफाको २०१३ को अन्डर २० विश्वकप फ्रान्सले जित्दाको महत्वपूर्ण सदस्य रहिसकेका छन् । उमटिटीले फ्रान्सको राष्ट्रिय टिमबाट २०१६ को युरोकपमा डेभ्यु गरेका थिए । अहिले यस विश्वकपमा उमटिटि फ्रान्सका प्रमुख डिफेन्डर हुन् ।

रहीम स्टरलिङ (इङल्याण्ड) :

हाल इङल्याण्डको राष्ट्रिय टिमका फरवार्ड रहिम स्टरलिङ पनि इङल्याण्डमा जन्मिएका होइनन् । रहिम जमैकामा जन्मिएका हुन् । उनी दुई बर्षको हुदा उनका पिताको जमैकामा हत्या भएपछि ५ बर्षको उमेरमा जमैका छोडेर लन्डन आएका थिए । हाल म्यानचेस्टर सिटीबाट खेल्ने स्टरलिङ लिभरपुलबाट व्यावसायिक फुटबलमा डेभ्यु गर्नु अघि क्युपीआरको एकेडेमीमा प्रशिक्षण लिएका थिए । स्टरलिङले इङल्याण्डको अन्डर १६, १७, १९ र २१ खेल्दै सन २०१२ मा इङल्याण्डको सिनियर टिममा डेभ्यु गरेका थिए । २३ बर्षिय स्टरलिङले यस सिजनमा सिटीलाई प्रिमियर लिग जिताउन महत्वपूर्ण भूमिका खेल्दै २३ गोल गर्दै ११ गोल असिस्ट गरेका थिए । उनि विश्वकपमा इङल्याण्डका महत्वपूर्ण खेलाडी हुन् ।

इभान राकीटिक (क्रोसिया):

क्रोसीयाका मिडफिल्डर इभान राकीटिक पनि क्रोसीयामा जन्मिएका होइनन् । राकिटिक स्विटजरल्याण्डमा जन्मिएका हुन् । उनले चाहेको भए उनि स्विटजरल्याण्डको राष्ट्रिय टिमबाट फुटबल खेल्न सक्थे । राकिटिक क्रोसियन माता पिताबाट स्विटजरल्याण्डमा जन्मिएर त्यहि हुर्किएका हुन् । उनले स्विटजरल्याण्डबाट अन्डर २१ सम्मका प्रतियोगिता पनि खेलेका छन् तर सिनियर टिममा डेभ्यु गर्ने बेला राकिटिक क्रोसिया आएका थिए । उनको यो निर्णयबाट स्विस फुटबल फेडेरेशनका अधिकारीहरु हैरान भएका थिए ।

राकिटिकले क्रोसियाबाट खेल्ने निर्णय गरेपछि भनेका थिए, ‘स्विस फुटबलले मेरा लागि धेरै पैसा खर्च गरेको छ । मैले यँहा साढे ५ बर्ष खेलेको छु । तर अन्त्यमा मैले मेरो मनले भनेको सुनेर क्रोसिया जाने निर्णय गरेको हु ।’ बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने राकिटिक रसिया विश्वकपमा क्रोसियाका महत्वपूर्ण खेलाडी हुन् ।

पेपे (पोर्चुगल):

पोर्चुगलका डिफेन्डर पेपे पनि पोर्चुगलमा जन्मिएका होइनन् । उनि ब्राजिलमा जन्मिएका हुन् ।१८ बर्षको उमेरमा पेपे पोर्चुगलको क्लब मरीटिमोमा व्यावसायिक फुटबल खेल्न आएका थिए । ४ बर्ष त्याँहा खेले पछि उनि पोर्टोमा खेल्न गएका थिए । पोर्टोमा उनले आफ्नो उत्कृष्ट खेलको प्रदर्शन गर्दै नयाँ पहिचान बनाएका थिए । उनका पिताका अनुसार ब्राजिलका कोच डुंगाले २००६ मा ब्राजिलबाट खेल्नको लागि पेपेलाई सम्पर्क गरेका थिए । तर पेपेले त्यतिबेला पोर्चुगलबाट खेल्ने सोचाइ बनिसकेका थिए । आफ्नो घरेलु टिमले मौका नदिएको भन्दै पोर्चुगलबाट खेल्ने निर्णय गरेका थिए ।

पेपेले आफु १८ बर्षको नहुदै पोर्चुगल गएकाले ब्राजिलमा कसैले नचिनेकोले हुनसक्छ ब्राजिलमा आफुले मौका नपाएको भन्दै पोर्चुगलमा आफुले राम्रो मौका दिएकोले आफु अहिले खुशी रहेको बताएका छन् । पेपेको निर्णयले ब्राजिललाई कुनै असर नगरेपनि पोर्चुगललाई भने निकै फाइदा भयो । हाल ३५ बर्षिय पेपे पोर्चुगलकाल आगी ९१ खेल खेलेका छन् भने पेपे युरो २०१६ को फाइनलमा म्यान अफ द म्याच हुदै पोर्चुगललाई युरो कप जिताएका थिए । उनि विश्वकपमा पोर्चुगलका अनुभवी र सिनियर खेलाडीको रुपमा भाग लिदै छन् ।

गोन्जालो हुगैन (अर्जेन्टिना) :

अर्जेन्टिनाका फरवार्ड गोन्जालो हुगैन पनि अर्जेन्टिनामा नभएर फ्रान्समा जन्मिएका हुन् । उनका पिता पनि फुटबलर थिए र उनि फ्रान्समा फुटबल खेल्दै गर्दा हुगैन जन्मिएका थिए । हुगैन १० बर्षको भएपछि उनि अर्जेन्टिना गएका थिए । अर्जेन्टिना गएर रिभर प्लेटमा फुटबलको शिक्षा लिएका थिए । रिभर प्लेटमा खेलिरहेका बेला हुगैनलाई २००६ मा फ्रान्सको राष्ट्रिय टिममा सामेल गरिएको थियो तर उनका पिताले हुगैन कुन देशबाट खेल्ने निधो नगरेको भन्दै उनको नाम हटाइएको थियो । सोहि समयमा उनलाई

अर्जेन्टिनाको टिममा पनि समावेश भएनन् । तर पछि उनलाई अर्जेन्टिनाको टिममा समावेश गरिएको थियो । अहिलेसम्म ७० खेलमा ३१ गोल गरेका छन् भने उनी विश्वकपमा अर्जेन्टिनाको टिमका महत्वपूर्ण सदस्य हुन् ।

डिएगो कोष्टा (स्पेन):

स्पेनका फरवार्ड डिएगो कोष्टा पनि स्पेनममा नभएर ब्राजिलमा जन्मिएका हुन् ।  कोष्टा आफ्नो देश छोडेर अर्को देशबाट खेल्ने चर्चित फुटबलर हुन् । कोष्टाले ब्राजिलको तर्फबाट २०१३ मा दुई मैत्रीपूर्ण खेल पनि खेलेका छन् ।  तर पछि कोष्टाले आफ्नो देश परिवर्तन गरे र स्पेनको पासपोर्ट लिएका थिए । कोष्टाले आफुले आफुलाई जन्मदिने देश भन्दा आफ्नो जीवनमा सबकुछ दिने देश रोजेको बताउदै आफुले स्पेनमा विशेष महसुस गर्ने बताएका छन् । २०१४ देखि स्पेनको राष्ट्रिय टिममा रहेका कोष्टाले स्पेनका लागि १९ खेल खेल्दै ७ गोल गरेका छन् । कोष्टा स्पेनको विश्वकप टिमका अहिलेका महत्वूर्ण सदस्य हुन् ।       
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै