• २०८१ बैशाख १२ बुधबार

फुटबलर वाइन रुनी पक्राउ 

kharibot

काठमाडौँ । इङलिश क्लब एभर्टनका स्ट्राइकर वायन रुनी पक्राउ परेका छन् । रक्सी खाएर गाडी चलाएको आरोपमा प्रहरीले रुनीलाई उनको घर नजिकैबाट पक्राउ गरेको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् । 

रुनीलाई स्थानीय प्रहरीले सोधपुछ गरिरहेको बताइएको छ । रुनीले स्थानीय एक क्लबमा रक्सी खाएको उनीसँग तस्विर खिचाएका फ्यानहरुलाई उदृत गर्दै बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

चेसायरको प्रहरीले रुनीले लिमिटभन्दा बढी रक्सी पिएको पाइएपछि पक्राउ गरेको पुष्टि गर्दै अहिले उनलाई धरौटीमा रिहा गरेको बताएको छ । साथै रुनी आगामी सेप्टेम्बर १८ मा स्टोकपोर्ट म्याजिस्ट्रेटसमक्ष उपस्थित हुनुपर्ने जनाएको छ ।

इङलिश राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता तथा पूर्व कप्तान रुनी गएराति पक्राउ परेका हुन् । ३१ वर्षे रुनीले गएको हप्तामात्र अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । 

उनले राष्ट्रिय टोलीका लागि १ सय १९ खेलमा ५३ गोल गरेका छन् । गएको सिजनसम्म म्यानचेष्टर युनाइटेडबाट प्रिमियर लिग खेल्दै आएका रुनी यो सिजन एभर्टन फर्किएका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै