• २०८१ बैशाख ७ शुक्रबार

‘भ्वाइस अफ नेपाल २०१८’ को मुख्य प्रायोजक टिभियस अपाचे आरटिआर 

kharibot

काठमाडौँ । टिभियस मोटर कम्पनीका सबै मोटरसाइकल र स्कूटरहरुको नेपालको लागि आधिकारीक बिक्रेता जगदम्बा मोटरस् ले हालै अन्तराष्ट्रिय टेलीभिजन गायन कार्यक्रम ‘भ्वाइस अफ नेपाल’ को   साझेदारी गरेको छ । 

द भ्वाइस अफ होल्ल्यान्ड, नेदरल्यान्डसमा मूल सिर्जना र प्रसारण भएको यो कार्यक्रम २०११ देखि विश्वका धेरै देशहरुले सोहि ढाँचामा प्रसारण गरेका छन् । 

नेपालमा पहिलो पटक यो कार्यक्रम ‘भ्वाइस अफ नेपाल’नाम गरेर प्रसारण हुदै छ । यस् कार्यक्रमले युवा नेपाली प्रतिभा (अकल, युगल, पेशावर र शौकिया) लाई चिनाउने र सम्मानित गर्ने लक्ष्य राखेको छ ।  प्रतियोगीहरुले जुन गायन शैली आफुलाई सबै भन्दा राम्रो गाउँन आउछ त्यही शैलीमा गाउँन पाउँनेछन । कुनै गायन शैली बिशेष एपिसोडहरु नहुने आयोजकले जानकरी दिएका छन् । 

यो कार्यक्रम आगामी श्रावणको पहिलो हप्तादेखि चार महिनासम्म लगातार चल्ने छ । पहिलो सिजनमा कुल ३० एपिसोडहरु लाईभ टेलिभिजनमा प्रसारण हुने छन्, जसमा ब्लाइन्ड अडिशन, ब्याटल राउण्ड, नकाउट राउण्ड र ग्राण्ड फिनाले राउण्ड हुनेछन् 

मोटरसाईकलको सबै भन्दा ठूलो रेन्ज भएको टिभियस मोटर कम्पनीले आफ्नो उत्कृष्ट मोटरसाइकल रेन्ज अपाचे आरटिआरलाई यस कार्यक्रमसँग अबद्ध गरेको घोषणा गरिएको छ । अपाचे आरटिआरको पावर, प्रतिभा र आत्मबिश्वास जस्ता गुणहरू यस कार्यक्रमका प्रतियोगिहरुमा पनि हुने अपेक्षा गरिएको छ । टिभियस अपाचे र भ्वाइस अफ नेपालको राम्रो सँगम हुने विश्वास गरिएको छ । 

यस कार्यक्रमले नेपाली प्रतिभालाई अन्तराष्ट्रिय मान्यता दिने छ भने यस व्यापारिक साझेदारीले यस कार्यक्रमलाई अझ धेरै भव्य बनाएको आयोजकले जनाएका छन् ।
यस कार्यक्रमका अधिकारिक प्रसारण च्यानलहरु कान्तिपुर एचडी र डिसहोम रमाइलो टिभी एचडी रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै