• २०८१ बैशाख ७ शुक्रबार

फोर्ब्सको सुचिमा मेसी धेरै कमाउने खेलाडी, रोनाल्डो र नेइमार पछ्याउदै 

kharibot

काठमाडौँ । फोर्ब्सले जारी गरेको संसारका सबै भन्दा धनि खेलाडीको सुचीमा अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले उनका प्रतिद्वन्दी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई जितेका छन् ।

फोर्ब्सले जारी गरेको सुचिमा मेसी दोस्रो धेरै कमाई गर्ने खेलाडीको सुचिमा छन् भने रोनाल्डो तेस्रो स्थानमा रहेका छन् । फुटबलरमा भने मेसी सबै भन्दा धेरै कमाई गर्ने फुटबलर बनेका छन् भने रोनाल्डो दोस्रो र ब्राजिलका नेइमार तेस्रो स्थानमा रहेका छन् । यस सुचिमा धेरै कमाई गर्ने खेलाडी बक्सिङका फ्लोयेड वेदर रहेका छन् ।

फोर्ब्सका अनुसार सन २०१७/१८ मा मेसीले कुल १११ मिलियन अमेरिकी डलर आम्दानी गरेका छन् । मेसीले उनको क्लब बार्सिलोनाबाट पाउने तलब र उपाधि जिते बापत पाउने बोनस गरेर ८४ मिलियन डलर कमाई गरेका छन् भने विभिन्न ब्रान्डको प्रमोशन गरे बापत २७ मिलियन कमाई गरेका छन् ।

त्यस्तै रोनाल्डोले कोल १०८ मिलियन अमेरिकी डलर कमाई गरेका छन् । जसमा रियल म्याड्रिडबाट पारिश्रमिक र उपाधि जिते बापत कुल ६१ मिलियन डलर र विभिन्न ब्रान्डको प्रमोशनबाट ४७ मिलियन डलर कमाई गरेका छन् ।

त्यस्तै पिएसजीबाट व्यावसायिक फुटबल खेल्ने ब्राजिलका नेइमारले ९० मिलियन डलर कमाई गरेका छन् । नेइमारले पिएसजी बाट ७३ मिलियन डलर कमाई गरेका छन् भने विभिन्न ब्रान्डको प्रमोशनबाट १७ मिलियन डलर कमाई गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै