• २०८१ बैशाख १३ बिहीबार

नेकपासँग तत्काल एकता गर्दैनौँ : उपेन्द्र यादव 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवले दुई पार्टी एकता हुन लागेको भनी प्रचारित हल्लामा कुनै सत्यता रहेको बताएका हुन् । 

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस्तो प्रचार गरिए पनि त्यसप्रति ध्यानाकर्षण भएको यादवको भनाइ छ । ‘संघीय समाजवादी फोरम नेपालको गत वैशाख २१ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले नीति, सिद्धान्त र विचार मिल्ने दल÷पार्टीसँग एकीकरण गर्न सकिने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, यसबीच फोरम, नेपाल र नेकपाबीच एकीकरणको सन्दर्भमा तत्काल कुनै पनि सम्भावना नरहेको अवस्थामा पनि पार्टी एकीकरण हुन लागेको भन्दै सुनियोजित ढंगले जनतामा भ्रम सिर्जना हुने गरी प्रचार गरिँदै छ ।’ 

यी हल्लाहरु सत्य नभएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता प्रायोजित एवं निराधार समाचारहरुमा कुनै सत्यता नरहेको तर्फ पनि सम्पूर्ण पार्टी पंक्ति र आमजनतालाई स्पष्ट पार्न चाहन्छौं ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै