• २०८१ बैशाख ७ शुक्रबार

गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको परिक्षण उडान

kharibot

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा केही समयअघि तारा एयरको ट्विनटर विमानले परिक्षण उडान गरेको छ ।

प्राबिधिक पक्षको परिक्षण गर्न शुक्रबार गरिएको उडान सफल भएको तारा एयरले जनाएको छ । सोमबार बिहान पोखरा बिमानस्थलबाट तारा यएरको ९एन४ केएच बिमानले तारा एयरको प्रबिधिक टोली लिएर उडान भरेको थियो ।

बिहान १० बजे पोखराबाट उड्ने भनिएपनी मौसम प्रतिकुलताका कारण बिमान ढिलोगरी उडेर रेसुङ्गा बिमानस्थलमा ढिलो गरी अवतरण गरेको हो ।

प्रदेश नम्बर ५ अन्तर्गतको पहाडी क्षेत्रलाई हवाई सेवाबाट जोड्ने उद्देश्य अनुरुप निर्माण भएको रेसुङ्गा विमानस्थलमा परिक्षण उडानको अवलोकन गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहान हेलिकप्टर मार्फत गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका १० सिमिचौरमा पुगेका थिए । 

बिहीवार परिक्षण उडान गर्ने जानकारी पाएपछि स्थानिय सहित तम्घास र आसपासका मानिसहरुको बिमान हेर्न भिड लागेको थियो । 

पर्यटनमन्त्री रविन्द्र अधिकारीले निर्माणाधीन यो विमानस्थल कालोपत्रे गर्ने काम सकिना साथ नियमित उडान गर्ने जानकारी दिएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै