• २०८१ बैशाख १२ बुधबार

बलिवुडको पहिलो फिल्म राजा हरिशचन्द्रका केहि रोचक तथ्य 

kharibot

मुम्बई । बलिवुडमा पहिलो फिल्म बनेको सय बर्षभन्दा बढी समय भइसकेको छ ।

सन १९१३ मा कैयौ मुस्किलको सामना गर्दै राजा हरिशचन्द्र फिल्मको निर्माण गरियो जसले बलिवुड फिल्म इतिहासमा आफुलाई सधै अमर बनायो ।

राजा हरिशचन्द फिल्मसँग सम्बन्धित केहि रोचक जानकारी रहेका छन् । यस फिल्म कुल १० हजारको बजेटमा निर्माण गरिएको थियो । यस फिल्मले बक्स अफिसमा ४७ हजारको कमाई गरेको थियो । यस फिल्मको अधिकांश सुटिंग मुम्बईमा गरिएको थियो । क्यामराको सुबिधा नहुदा यस फिल्मलाई धेरै जसो घरभित्र नै सुटिंग गरिएको थियो । यस फिल्मको एक हिस्सा भने पुनेको गाउमा गरिएको थियो ।

त्यति बेला समाजमा फिल्मको बारेमा नकारात्मक धारणा रहेको थियो । फिल्म समाजका लागि खतरा हुन्छ भन्ने धारणा थियो । यस्तैमा फिल्मका निर्माता एवं निर्देशक दादासाहेब फाल्केले फिल्म युनिटलाई कसले सोधेमा फ्याक्ट्रीको कम भन्नु भन्ने उर्दी नै जारी गरेका थिए ।

यस फिल्म बनाउन दादा साहेब फाल्केकी पत्नीको ठुलो भूमिका रहेको बताईन्छ । उनले फिल्मका ५ सय जना कलाकार तथा सहयोगीलाई खान पकाएर खुवाउने देखि फिल्मको प्राविधिक पक्ष पनि हेरेकी थिइन् । उनले फिल्ममा अभिनय गर्ने कलाकारको कपडा धुनेसम्मको कम गरेको बताईन्छ ।   

यो फिल्म ४० मिनेट लामो रहेको थियो भने १९१३ मे ३ मा सर्वसाधारणका रिलिज गरिएको थियो । त्यस्तै अप्रिल २१, १९१३ मा मुम्बईमा प्रिमियर गरिएको थियो । फिल्ममा दत्तात्रय दामोदर डब्के र अन्न सलुन्केको प्रमुख भूमिका थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै