• २०८१ बैशाख ७ शुक्रबार

संघीय सरकारमा सहभागी नहुने अध्यक्ष मण्डलका सदस्य महतोको भनाइ

kharibot

विरानगर / राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान अवस्थामा पार्टी संघीय सरकारमा सहभागी नहुने बताएका छन  । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मी सामु उनले संविधान संशोधनका विषयमा लिखित प्रस्ताव आएमा मात्र सरकारमा जाने प्रष्ट पारे । 

अध्यक्ष मण्डलका सदस्य महतोले संविधान संशोधनका विषयमा विगतमा छ महिनासम्म पार्टीले आन्दोलन गरेको स्मरण गराउँदै वर्तमान सरकारमा सहभागिता भन्दा पनि राजपाको मुख्य एजेण्डा संविधान संशोधन नै भएको र सरकारमा सहभागी नभए पनि बाहिरबाट समर्थन भने दिइरहेको उल्लेख गरे । 

संविधान संशोधनका विषयमा नेपाल कम्युनिष्ट पार्टीसँग विगतमा पटक पटक वार्ता भए पनि कुनै विश्वासिलो वातावरण तयार नभएको बताउँदै उनले संविधान संशोधन आश्वासनका रुपमा होइन लिखितरुपमा आउनुपर्ने धारणा व्यक्त गरे  । 

नेता महतोले प्रदेश नं २ का जनताको आन्दोलन र मतबाट निर्माण भएको प्रदेश सरकारबाट राजपा अलग नहुने पनि प्रष्ट पारे  । उनले आफ्नो पार्टीप्रति जनताको विश्वास रहेकाले जनताको भावनाविरुद्ध राजपाले कुनै पनि निर्णय नलिने उल्लेख गरे  । 

पत्रकारको जिज्ञासामा नेता महतोले अहिले प्रदेश नं २ को सरकारबाट नहट्ने पार्टीको आधिकारिक निर्णय भएको, कार्यकारिणी राष्ट्रपति प्रणालीका सम्बन्धमा संघीय संसद्मा कुनै छलफल नभएको र राजपा संसदीय प्रणालीप्रति समर्पित पार्टी भएको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै