• २०८१ बैशाख ७ शुक्रबार

एनआईसी एशियाले ल्यायो १२ प्रतिशत व्याजदरमा मुद्दती निक्षेप योजनामा   

kharibot

काठमाडौँ । एनआइसी एशिया बैंकले सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ ।  धनवर्षा मुद्दती निक्षेप योजनामा रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधासहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गर्ने भएको छ ।

यस अघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धन बर्षा मुद्दती निक्षेप योजना ग्राहक महानुभावहरु माझ अत्यन्त लोकप्रिय भएको थियो । धनवर्षा मुद्दती निक्षेप योजनाप्रति ग्राहकहरुको आकर्षण र लोकप्रियताबाट उत्साहित हुँदै पुनः यस योजना सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यस पटक समेत धनबर्षा मुद्दती योजनाबाट बढि भन्दा बढि व्यक्तिगत एवम् संस्थागत ग्राहकले लाभ उठाउने बैंकले विश्वास लिएको जनाएको छ । यस योजनाअन्तर्गत देशभर रहेका एनआईसी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने र एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा सुबिधा समेत उपलब्ध गराउन सकिने बैंकले उल्लेख गरेको छ ।

बैंकले हाल २१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० एटिएमसहित बैंकिंग सेवा प्रदान गरिरहेको छ । समग्रमा १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१ भन्दा बढि भौतिक सञ्जालमार्फत बैंकिङ्ग  सेवाप्रदान गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै