• २०८१ बैशाख ७ शुक्रबार

काष्ठमण्डप पुननिर्माणको लागि महानगरले दियो ५० लाख 

kharibot

काठमाडौँ । हनुमानढोका दरबार  क्षेत्रमा रहेको काष्ठमण्डप पुननिर्माणको लागि काठमाण्डौँ महानगरले काष्ठमण्डप पूननिर्माण समितिलाई ५० लाख रुपैँयाको चेक हस्तान्तरण गरेको छ । 

आज काष्ठमण्डप पूननिर्माण सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्दे काठमाण्डौँ महानगरका प्रमुख विद्या सुन्दर शाक्यले, काष्ठमण्डप पूननिर्माणको लागि महानगरले सहयोग स्वरुप ५० हजार दिने निर्णय गरेको भएता पनि  आबश्यक परेको खण्डमा अरु पनि सहयोग गर्ने बताए । 

काष्ठमण्डप पूननिर्माणको लागि काष्ठमण्डप पूननिर्माण समिति, पुरातत्व विभाग , पूननिर्माण प्राधिकरणको साथै,निर्देशक समिति,  सल्लाहकार समुह,  संरक्षक समुह,  प्राविधिक समह , विज्ञ समिति, कार्यन्वयन समिति  सक्रिय रुपमा काम गर्न सुरु गरेको हुनाले काष्ठमण्डप पूननिर्माण गर्न तोकिएको ३ वर्षको अवधि भन्दा अघि नै पुननिर्माणको काम सम्पन्न हुने विश्वास ब्यत्त गरेका थिए ।

त्यस्तै , काष्ठमढडप पूननिर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य  राजेश शाक्यले काठमाण्डौँ महानगरले गरेको सहयोगले आफुहरुलाई हौस्याएको  र सक्रिय रुपमा काम गरेका हुनाले तोकिएको अवधि भन्दा अगाडी नै पूननिर्माणको काम सक्ने बताए । 

२०७२ वैशाख १२ गते गएको बिनासकारी भूकम्पको कारण  भत्किएको काष्ठमण्डप पूननिर्माणको काम वैशाख ३१ गते क्षमा पुजा गरेसंगै सुरु गरीएको थियो । पुरानै शैली र ढाँचामा निर्माण गर्न लागिएको काष्ठमण्डप पननिर्माणको लागि २० करोड रुपैँया लाग्ने बताइएको छ । 

ऐतिहासिक, मौलीक र महत्वपूर्ण सम्पदा काष्ठमण्डप पननिर्माणको लागि काठमाण्डौँ महानगरले पुननिर्माण अघि बढाउन लागेको भएता पनि  काष्ठमण्डप निर्माणको जिम्मा भने स्थानीय सहयोग समितिलाई दिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै