• २०८१ बैशाख ६ बिहीबार

जटायु रेष्टुरेष्टलाई संरक्षणसँगै ब्यवस्थित गर्न माग

kharibot

रुपन्देही । भाद्र लोप हुन लागेको गिद्ध संरक्षणमा उल्लेख्य भुमिका खेलेको गैडहवा गाउँपालिका को बिण्णुपुरामा रहेको जटायु रेष्टुरेष्टलाई संरक्षण सँगै ब्यवस्थित पनि गरिनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
 नवौ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अबशरमा जटायु रेष्टुरेष्ट संचालन समिति गैडहवा गाउँपालिकाको आयोजनामा गैडातालमा शनिवार आयोजना गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन । गिद्ध संरक्षणको महत्वको बारेमा जनचेतना फैलाउन सके गिद्ध संरक्षण गर्न सकिने उनिहरुको भनाई थियो । 
 

गैडहवा गाउँपालिकालाई अन्र्तराष्ट्यि स्तरमा चिनाउने जटायु रेष्टुरेण्ट भएकाले यसको विकासको लागि आफु लाग्ने गैडहवा गाउँपालिकाका प्रमुख बच्चुलाल केबटले बताएका छन् । केबटले गैडाताल र जटायु रेष्टुरेन्टलाई जोडेर विकास गरिने बताएका छन् । ब्यवस्थित बन्न नसकेको रेष्टुरेन्टलाई ब्यवस्थित गरि तालमा ढुङ्गाबाट जटायु रेष्टुरेन्ट सम्म जाने ब्यवस्था मिलाउन सके पर्यटनलाई आर्कषण गर्न सकिने उनको भनाई थियो । 

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट नजिकै रहेको रेष्टुरेन्टमा विदेशी पर्यटन पनि घुम्न आउने गरेको स्थानीयले बताएका छन् । यस क्षेत्रको निरन्तर रिपोटिङ्ग गरिरहेका पत्रकार नविन घिमिरेले जटायु रेष्टुरेण्ट रुपन्देही जिल्लाको शान र गैडहवा गाउँपालिकाको पहिचान भएको भन्दै यसको उचित ब्यबस्थापनको लागि स्थानिय लगायत गैडहवा गाउँपालिकाले महत्वपुर्ण भुमिका खेल्नु पर्ने बताए । 

प्रकृतीको कुचीकार मानिने गिद्धको बासस्थानको रुपमा विकसित हुदै गएको जटायु संरक्षणको लागि स्थानीयमा जनचेतनाको आवश्यकता रहेको नेपाल पन्छी सरंक्षण परियोजनाका संयोजक भुपाल नेपालीले बताएका छन् । बातावरणलाई स्वच्छ राख्न मद्यत पुराउने गिद्धले सिनो खाएर बाच्ने भएकाले डाईक्लोफेनेक औषधी प्रयोग गर्न नहुनेमा नेपालीले जोड दिएका छन् ।

जटायु रेष्टुरेष्ट संचालन समितिका अध्यक्ष डम्बर बहादुर क्षेत्री , गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटको उपस्थितीमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी ईश्वरी अधिकारी, तुलसी यादब, लगायतले बोलेका थिए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै