जुलियन लोपेटेगी बने रियल म्याड्रिडको नयाँ म्यानेजर, विश्वकप पछि पद सम्हाल्ने 

खरीबोट
ad

काठमाडौँ स्पेनिस क्लब रियल म्याड्रिडले स्पेनका राष्ट्रिय टिमका प्रशिक्षक जुलियन लोपेटेगीलाई क्लबको नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ।

लोपेटेगीले विश्वकप पछि रियलको प्रशिक्षक पद सम्हाल्ने क्लबले जानकारी दिएको छ । रियलले उनीसँग तीन वर्षको सम्झौता गरेको जनाएको छ ।

लोपेटेगीले सन् २०१६ को जुलाईमा स्पेनको राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्नु अघि दुई सिजन पोर्टोको म्यानेजर बनेका थिए ।

पूर्वगोलरक्षक लोपेटेगीले रियल म्याड्रिड र बार्सिलोनाबाट पनि खेलिसकेका छन् । विभिन्न क्लबबाट ला लिगाका कुल १४९ खेल खेलेका ५१ बर्षिय लोपेटेगीले स्पेनको राष्ट्रिय टिमबाट १९९४ को विश्कप समेत खेलेका थिए ।

जिनेदिन जिदानले गत मेमा अचानक राजीनामा दिएपछि रियल नयाँ प्रशिक्षकको खोजीमा रहेको थियो । साढे दुई बर्षको छोटो अवधिमा जिदानले रियललाई लगातार तीन च्याम्पियन्स लिग र एक ला लिगाको उपाधि जिताएका थिए । 
 

सम्बन्धित समाचार

ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा 

काठमाडौँ।  ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोनालाई लिगमा सुरुवाती फाइदा भएको छ। गएराती बह्येको खेलमा रियल म्याड्रिड एथलेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएपछि रियल म्याड्रिड बार्सिलोनाभन्दा पछाडी परेको हो

ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा कर छलेको आरोप, ४ महिना जेल र जरिवाना सुनाइयो 

काठमाडौँ।  रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा करछलीको आरोपमा ४ महं को जेल सजाय र ७ लाख ५० हजार युरो जरिवाना गरिएको छ। ३० बर्षिय प्ले मेकर मार्सेलोलाई आन्फो

रियल म्याड्रिडमा रोनाल्डोको यो रेकर्डलाई बेन्जामाले तोडे

काठमाडौँ। क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेपछि अब रोनाल्डोको लिगेसीलाई करिम बेन्जामाले निरन्तरता दिने देखिएको छ।  ला लिगाक यस सिजनमा लगातार गोल गरेर बेन्जामाले सो कुरा प्रमाणित गरेका छन्।  यसै बीच रियल

रियल म्याड्रिडको जितमा बेन्जामाको दुई गोल 

काठमाडौँ।  स्पेनिस ला लिगामा रियल म्याड्रिडले यस सिजनमा विजय यात्रा जारी राखेको छ। रियल म्याड्रिडले रोनाल्डो बिना नै यस सिजनमा लागातार खेलमा जित हासिल गरेको छ।  गएराती भएको खेलमा रियल