मुम्बई । बलिवुडका किङ शाहरुख खानको आउदै गरेको फिल्म जिरोको दोस्रो टिजर रिलिज भएको छ ।
जिरो नयाँ टिजरमा सलमान खान पनि देखिएका छन् । फिल्ममा होचो युवाको भूमिकामा अभिनय गरेका शाहरुख खानले यस टिजरमा सलमानको काखमा गएर किस गरेको देखाइएको छ । फिल्ममा सलमान विशेष भूमिकामा रहेका छन् ।
आगामी डिसेम्बर २१ मा रिलिज हुने फिल्म जिरोमा शाहरुख खानसँग कट्रिना कैफ र अनुष्का शर्माले अभिनय गरेका छन् । फिल्मलाई आनन्द एल रोयले निर्देशन गरेका छन् ।