मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच सहकार्य

खरीबोट
ad

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पतालबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट महाप्रवन्धक प्रदिपकुमार झाले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्ड वाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएको शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । 

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२  वटा शाखा, १३ वटा एटिएम र तीन लाख पचत्तर हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा एटिएमकार्ड सेवासाथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

सम्बन्धित समाचार

क्राउन ल्याब रोटरी एण्ड रिफरल सेन्टरमा मुक्तिनाथका ग्राहकहरुलाई विशेष छुट 

काठमाडौँ। मुक्तिनाथ विकास बैंक र क्राउन ल्याब रोटरी एण्ड रिफरल सेन्टर, भाटभटेनी र चाबाहिल काठमाडौँबीच एक सम्झौता भएको छ ।  उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा क्रेडिट कार्ड भएका

मुक्तिनाथका ग्राहकहरुलाई गोदावरी भिलेज रिसोर्ट र होटेल ग्रिनवीच भिलेजमा विशेष छुट 

काठमाडौँ।  मुक्तिनाथ विकास बैंक लि. र गोदावरी भिलेज रिसोर्ट गोदावरी, टौखेल र होटेल ग्रिनवीच भिलेज कुपन्डोल बीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका डेविट तथा के्रडिट

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाण्डौंको ठमेलमा

काठमाडौँ। आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौको ठमेलमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ

मुक्तिनाथ विकास बैंकको वरदान मुद्दती योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नयाँ योजना ल्याएको छ । बैंकले ग्राहकहरुलाई नयाँ अर्को सेवाको रुपमा मुक्तिनाथ वरदान मुद्दती योजना सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्षअवधिमा न्यूनतम