बिम्स्टेक शिखर सम्मेलन भदौमा काठमाडौँमा हुने

खरीबोट

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते यहाँ आयोजना हुने भएको छ । 

बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको उक्त मिति सदस्य राष्ट्रले अनुमोदन गरेका हुन् । 

परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भने,  “शिखर बैठकका निम्ति नेपालले प्रस्ताव गरेको मितिप्रति सदस्य देशले सहमति जनाएका छन् ।” 

सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष शिखर बैठकमा सहभागी हुनेछन् । सन् १९९७ मा स्थापना भएको उपक्षेत्रीय संगठन (बिम्स्टेक) मा नेपाल, भारत, बंगलादेश, भूटान, म्यान्मा, थाइल्याण्ड र श्रीलंका सदस्य छन् । 

सम्बन्धित समाचार

नेपाल–भारत परराष्ट्रमन्त्री भेटवार्ता : संयुक्त आयोगको बैठक शीघ्र गर्ने सहमति

काठमाडौँ । नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठक चाँडोभन्दा चाँडो नेपालमा आयोजना गर्न दुवै देशका उच्च अधिकारी सहमत भएका छन् ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका भारतीय समकक्षी सुषमा स्वराजबीच आज भारतको बाह्य

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौँ ।परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ‘रायसिना संवादको चौथो संस्करण’मा भाग लिन आज नयाँ दिल्ली जादै छन्  ।मन्त्री ज्ञवालीले उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अब्जर्भर रिसर्च फाउण्डेशनद्वारा भारतीय

कूटनीतिक मर्यादाभित्र रहेर भेटघाट हुनुपर्छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जापान नेपालको विकास र समृद्धिका लागि निःशर्त र निःस्वार्थ रुपमा सहयोग गर्ने घनिष्ठ मुलुक भएको बताएका छन् । केही समयअघि भएको आफ्नो जापान र अमेरिका भ्रमणका

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकाका विदेशमन्त्री पम्पेओबीच भेटवार्ता 

वाशिङ्टन डिसी। नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति


z