• २०८१ बैशाख ८ शनिबार

कोरिया प्रायद्वीपमा संयुक्त सैन्य अभ्यास अनिश्चितकालकालागि स्थगित

kharibot

वासिङटन । अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ । 

अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार एएफपीलाई जानकारी दिएका छन् । 

कोरिया प्रायद्वीपमा रहेका मुख्य सैन्य अभ्यासहरु हामीले अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेका छौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने । 

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता भएको दुई दिनपछि ट्रम्पले सैन्य अभ्यास बन्द गर्ने निर्णय गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै