• २०८१ बैशाख १३ बिहीबार

सलमानको रेस-३ को बक्स अफिसमा सुपर ओपनिङ, तोड्यो कैयौ रेकर्ड 

kharibot

मुम्बई । बलिवुडमा यस बर्षको सवाधिक प्रतिक्षित फिल्म रेस-३ शुक्रबार रिलिज भएको छ । रिलिजको पहिलो दिन रेस-३ ले शानदार सुरुवात गरेको छ । 

बलिवुड फिल्म समिक्षक तरण आदर्शका अनुसार रेस-३ ले पहिलो दिन २९.१७ करोड भारतीय रुपैयाको व्यापार गरेको छ । फिल्म विश्लेषकहरुले मिस्रित रिभ्यु दिएपनि पहिलो दिन फिल्मले राम्रो ब्यापार गरेको छ । 

यो सलमान खानको २०१२ मा रिलिज भएको फिल्म एक था टाइगर र २०१६ मा रिलिज भएको सुल्तानपछि पहिलो दिन धेरै व्यापार गर्ने फिल्म बनेको छ ।

साथै रेस-३ ले २०१८ मा रिलिज भएका फिल्ममा पहिलो दिन धेरै व्यापार गर्ने फिल्म पनि बनेको छ । यसबर्ष रिलिज भएका फिल्म बागी २ ले २५.१० करोड, पद्मावतले २४ करोडको व्यपार गरेका थिए ।  

फिल्मलाई रिलिज अघि नै जि नेटवर्कलाई करिब सय करोडमा सेटेलाइट अधिकार बेचेर यस फिल्मले रेकर्ड बनाई सकेको छ ।

फिल्ममा सलमानसहित अनिल कपुर, बबी देओल, ज्याक्लिन फर्नानडिस, डेजी शाह जस्ता कलाकार अभिनित यो फिल्मको ट्रेलर हेर्दा एक्सनले भरिपूर्ण रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै