• २०८१ बैशाख ७ शुक्रबार

विश्वकप प्रिभ्यु : इङल्याण्ड, बेल्जियम र स्विडेनको भाग्य परीक्षा, पानामा बन्ला त जाइन्ट किलर !    

kharibot

काठमाडौ । विश्वकप फुटबल अन्तर्गत समुह एफको स्विडेन र दक्षिण कोरियाबीच आज खेल हुदैछ । नेपाली समय अनुसार आज साँझ ५:४५ बजे यी दुई देशबीच खेल हुने छ ।

त्यस्तै समुह जि अन्तर्गतको बेल्जियम र पानामाको खेल राति ८:४५ बजे हुदै छ भने समुह जि कै अर्को खेल इङल्याण्ड र ट्युनिसियाबीच राती ११:४५ बजे हुदै छ । 

स्विडेन भर्सेज दक्षिण कोरिया : ५:४५ बजे 

विश्वकपमा १२औ पटक भाग लिन थालेको स्विडेनले समुह चरणको आफ्नो पहिलो खेलमा १०औ पटक विश्वकप खेल्न लागेको दक्षिण कोरियासँग खेल्दै छ । दक्षिण कोरिया १९८६ को विश्वकप देखि लगातार सहभागी हुदै छ । 

स्विडेन सन १९५८ को आफ्नो देशमा आयोजना भएको विश्वकपमा फाइनलमा पुग्नु नै अहिलेसम्मको विश्वकपको ठुलो सफलता हो भने दक्षिण कोरिया २००२ मा जापानसँग संयुक्त रुपमा आयोजना गरेको विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो ।

अहिलेको फिफा वरियतामा स्विडेन २४औ स्थानमा रहेको छ भने दक्षिण कोरिया भने ५७औ स्थानमा रहेको छ ।

यी दुई देश अहिलेसम्म केबल तीन पटक एक अर्कासँग खेलेका छन्, जसमा स्विडेनले एक पटक जितेको छ भने दुई पटक खेल बराबरीमा रोकिएको छ ।

स्विडेन विश्वकपका तयारी खेलमा दुई बराबरीमा रोकिएको थियो । डेनमार्क र पेरुसँग बिना कुनै गोल बराबरीमा रोकिएको थियो । त्यस्तै दक्षिण कोरिया भने बोलिभिया भने बिना कुनै गोल बराबरीमा रोकिएको थियो भने अर्को खेलमा सेनेगलसँग २-० को हार बेहोरेको थियो ।

२०१४ को विश्वकपमा भने दक्षिण कोरिया समुह चरणबाटै बाहिरिएको थियो भने स्विडेन भने २००६ पछि पहिलो पटक विश्वकपमा छनौट भएको छ ।

दक्षिण कोरियाका लागि टोटनह्यामबाट खेल्ने सन हेउन्ग मिन प्रमुख खेलाडी रहेका छन् । उनी कोरियन टिमका उच्च गोल कर्ता पनि हुन् । उनले ६७ खेलमा २१ गोल गरेका छन् । त्यस्तै यस टिमका कप्तान की सुंग युएंग, कू जा चेओल जस्ता खेलाडीको भुमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै स्विडेनका लागि मार्कस बर्ग प्रमुख खेलाडी रहेका छन् । उनले स्विडेनका लागि ५७ खेलम १८ गोल गरेका छन् । त्यस्तै ओला टोईभोनेन, सेब्स्टेन लार्सन, कप्तान अन्द्रेस ग्रान क्भिस्ट जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

बेल्जियम भर्सेज पानामा : राती ८:४५ बजे 

विश्वकप फुटबल अन्तर्गत आज समुह जि अन्तर्गत बेल्जियम र पानामाबीच खेल हुदै छ । विश्वकपमा डेभ्यु गर्दै गरेको पानामा र स्टार खेलाडीहरुले भरिएको बेल्जियमको यो खेल बारे धेरैको कौतुहलता रहेको छ । बेल्जियमलाई यस विश्वकपमा राम्रो टिमको रुपमा हेरिएको छ । विभिन्न लिगका स्टार खेलाडीहरुले भरिएको यो टिम बलियो टिम मानिन्छ । 

बेल्जियमका दुई प्रमुख खेलाडी घाइते भएका कारण यस टिमलाई ठुलो झड्का भने लागेको छ । भिसेन्ट कम्पनी र थोमस भेर्माएलेन घाइते भएपछि यस खेलमा उनीहरु खेल्ने छैनन् । त्यस्तै इडेन हजार्ड पनि घाइते भएको बताइए पनि यस खेलाका लागि उनि फिट हुने भनिएको छ । उता पानामाका खेलाडी गाब्रियल टोरेस घाइते भएपनि उनी यस खेलका लागि ठिक हुने विस्वास गरिएको छ ।

बेल्जियमका लागि प्ले मेकर केभिन डे ब्रुने प्रमुख खेलाडी हुन् । म्यान्चेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्ने ब्रुनेको खेल बेल्जियमका लागि निकै महत्वपूर्ण हुने छ । त्यस्तै म्यान्चेस्टर युनाइटेडबाट खेल्ने रोमेलु लुकाकु, फेलानी, इडेन हजार्ड जस्ता खेलाडी बेल्जियमका लागि महत्वपूर्ण रहेका छन् ।

त्यस्तै पानामाका लागि बालस पेरेज प्रमुख खेलाडी हुन् । उनि पानामाका सबै भन्दा अनुभवी खेलाडी हुन् । ३७ बर्षिय पेरेजले पानामाका लागि ११८ खेलमा ४३ गोल गरेका छन् । त्यस्तै लुइस तेजाडाले पनि पानामाका लागि ४३ गोल गरेका छन् । यी दुई खेलाडीको अनुभव पानाम का लागि महत्वपूर्ण हुने देखिन्छ । त्यस्तै युवा मिडफिल्डर रिकार्डो अभिल, गबिर्य्ल गोमेज, अनिबल गोडोय जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

बेल्जियम र पानामाबीच अहिलेसम्म कुनै खेल भएको छैन । विश्वकपमा बेल्जियम १९८६ मा चौथो स्थान हासिल गरेको थियो भने गत विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । त्यसति पहिलो पटक विश्वकपको यात्रा तय गरेको पानामा तुलनात्मक रुपमा कमजोर मानिए पनि यस टिमले ठुला टिमलाई हराउने क्षमता राख्ने बताइएको छ ।  

इङल्याण्ड भर्सेज ट्युनिसिया : राति ११:४५ बजे   

विश्वकप फुटबल अन्तर्गत आज इङल्याण्ड ले सोमबार अफ्रिकी राष्ट्र ट्युनिसियासँग प्रतिष्पर्धा गर्दै छ । सन् १९६६ मा आफैले आयोजना गरेको विश्वकप प्रतियोगितामा उपाधि जितेको इङल्याण्ड  ले त्यसपछिका विश्वकपमा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । 

इङल्याण्ड  लाई यस विश्वकपमा दाबेदार टिमको रुपमा नहेरियए पनि युवा खेलाडीको प्रदर्शनले टिमले यस अघिका विश्वकपको प्रदर्शन भन्दा राम्रो गर्ने अपेक्षा गरिएको छ ।

इङल्याण्ड पछिल्ला १० खेलमा  अपराजित रहेको छ । विश्व ठुलो फुटबल लिग प्रिमियर लिग रहेको देश इङल्याण्डलाई यस विश्वकपमा राम्रो प्रदर्शन गर्ने दबाबका बीच रसिया पुगेको छ ।

त्यस्तै अफ्रिकन टिम ट्युनिसियाको विश्वकप अनुभव खासै राम्रो देखिएको छैन । ट्युनिसियाले पहिलोपटक १९७८ मा मेक्सिकोलाई ३–१ ले पराजित गरेको थियो । त्यो नै ट्युनिसियाको विश्वकपको पहिलो जित थियो । त्यसपछिको सनसनीपूर्ण खेलका रूपमा ट्युनिसियाले पश्चिम जर्मनीविरुद्ध विश्वकपको पहिलो खेलमा बराबरी गरेको थियो ।

१९७८ पछि ११ खेलमा ट्युनिसियाले कुनै विशेष प्रदर्शन गर्न सकेको छैन । युरोपविरुद्धको इतिहासमा कमजोर मानिएको ट्युनिसियाले मैत्रीपूर्ण खेलमा रसियालाई २००६ मा ३–० ले पराजित गर्नु नै युरोपियन टिमविरुद्धको पहिलो जितका रूपमा रहेको छ ।

हेड टु हेड :

इङल्याण्ड   र ट्युनिसियाबीच अन्तिमपटक १९९८ को विश्वकपमा भेट भएको थियो । दुई दशकपछि एक–अर्काविरुद्ध भिड्न लागेका इङल्याण्ड र ट्युनिसियाले दुईपटक प्रतिस्पर्धा गरेका छन् । सन् १९९८ मा इङल्याण्ड विजयी भएको थियो । १९९० मा ट्युनिसियाले इङल्याण्डलाई १–१ को बराबरीमा रोकेको थियो ।
.   
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै